बाद्यवादक न्हुच्छे डंगोल र गायीका तीर्थ कुमारी थापा सम्मानित
-
भदौ २१, २०७५ काठमाडौं ।
नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायीका तीर्थ कुमारी थापालाई सम्मान गरीएको छ ।
नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुभएकी सह प्राध्यापक नेपाली लोक संगीत÷ललितकला क्याम्पस, तथा गायीका शोभा तिवारी लोहनीको ६६ औं जन्मजयन्तीको अवसरमा बिहिबार एक कायृक्रम गरी उहाँहरुलाइ सम्मान गरीएको हो ।
शोभा अर्जुन संगीत कोष र नेपाली लोक बाजा संग्रहालयको संयुक्त आयोजना तथा सांस्कृतिक संस्थानको सह आयोजनामा सम्पन्न कार्यक्रममा लोहनीद्वारा गाइएका केहि गीतहरु श्रद्धाञ्जली स्वरुप उहाँकै विद्यार्र्थीहरु तथा सांस्कृतिक संस्थानका कलाकारद्धारा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा कालजयी राष्ट्र्यि गीत नेपाल जननी बन्दे, लगाएत आधुनिक गीतहरु जसलाइ मैले जिन्दगी ठानें , बुझ्नै कठिन भैसक्यो, सँधै हरीलो सधैं भरीलो लगायतका विभिन्न गीत प्रस्तुत गरीएको थियो ।
साथै लोहनीले गाएका गीतको संगालीएको गीति संग्रह “संगीत र समर्पण” पनि आजै बिमोचन गरीएको छ ।
कार्यक्रममा गायीका शोभा तिवारी लोहनीको जिवनमा आधारित निर्माणाधिन बृत्तचित्र “शोभाका स्मृतिहरु”का केही झलक प्रस्तुत गरिएको थियो ।
नेपाल सांस्कृतिक संस्थानमा आयोजना गरिएको उक्त कार्यक्रममा गायिका लोहनीका परिवार (दुई छोरी र छोरा बुहारी) ले उनको स्मृतिमा स्थापना गरेको शोभा अर्जुन संगीत कोषको समेत घोषणा गरिएको छ ।
उक्त कोष यसै वर्षदेखि स्थापना गरिएको हो र सो कोषमा राशी २ लाख रहेको छ । शोभा अर्जुन संगीत कोष श्रीमान् अर्जुन बाबु तिवारी र शोभा तिवारी लोहनी दम्पत्तिको नाममा स्थापना गरिएको छ ।
आजै कोषका लागि गोबिन्द ढकाल र तुलसा ढकालले करीब पचास हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
यसैगरी त्रि वि वि ललितकला क्याम्पस केन्द्रिय विभाग प्रमुख ज्ञानुराधा गोरखालीले बीस हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
कार्यक्रम संस्कृतिविद तथा लोकवार्ताविद तुलसी दिवसको प्रमुख आतिथ्यमा राष्ट्र्रिय नाचघर जमलको हलमा सम्पन्न भएको हो ।