Trending :
 

जापानको भूकम्पमा मृत्यु हुने ३० पुगे

भाद्र २४,२०७५

-

२४ भदौ, २०७५ काठमाण्डौ l 
 
 
 
जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ३० पुगेको छ । भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
 
मृत्यु भएकामध्ये अधिकांश अत्सुमा सहरका छन् । भूकम्पमा परी झन्डै चार सयजना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन् । भूकम्पमा आफ्नो भाइ गुमाएका अत्सुमाका अकिरा मत्सुसिताले भने ।
 
उनले थपे, “मैले आफ्नै आँखाले जे देखेँ, त्यो अहिले पनि विश्वास गर्न सकिरहेको छैन, त्यो देख्दा एकजना पनि जीवित रहन सक्छजस्तो लागेको थिएन ।” गत बिहीबार उत्तरी जापानको होक्काइदो द्वीपमा ६।६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पपछि द्वीपवरपर शक्तिशाली आँधी पनि आएको थियो । आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।
 
भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय वासिन्दालाई राहत उपलब्ध गराइएको छ । बाढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ ।
 
सो द्वीपमा उद्वारका लागि करिब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताएका छन् । उद्धार कार्यमा हजारौँको संख्यामा सैनिक परिचालन गरिएको छ । एजेंसी