Trending :
 

ब्राजिलमा राष्ट्रपतिका उम्मेदवारमाथि आक्रमण

भाद्र २४,२०७५

-

 २४ भदौ, २०७५ एजेंसी l
 
 
ब्राजिलमा राष्ट्रपतिको निर्वाचन प्रचार अभियानका क्रममा दक्षिणपन्थी नेता जाइर बोल्सोनारोमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको छ । दक्षिणपन्थी दलका नेता बोल्सोनारोको दक्षिणपूर्वी सहर जुइज दे फोरामा आक्रमण भएको हो ।
 
उनको तत्काल शल्यक्रिया गरिएको थियो । शरीरको मध्यभागका केही स्थानमा लागेका चोटको उपचार गराइरहेका बोल्सोनारोको अवस्था स्थिर रहेको बताइएको छ ।
 
मेस्सियास बोल्सोनारोको एक स्थानीय अस्पतालमा शल्यक्रिया भइरहेको छ । बाहिरी चोटको उपचारपछि थप उपचारका लागि अल्बर्ट आइन्स्टाइन अस्पतालमा पठाइएको फोरा अस्पतालका प्रवक्ताले जानकारी दिए । बोल्सोनारो राष्ट्रपतिका लागि बलियो आकांक्षी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।