Trending :
 

जापानसँगको सम्बन्ध कुनैपनि बेला अन्त्य हुन सक्नेमा ट्रम्पको चिन्ता

भाद्र २४,२०७५

-

२४ भदौ, २०७५ काठमाण्डौ l
 
 
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको आफ्नो अत्यन्तै निकट सम्बन्ध कुनैपनि समय अन्त्य हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् । बिहीबार वाल स्ट्रिटसँगको अन्तरक्रियामा ट्रम्पले यस्तो बयान दिएको बताइएको छ । 
 
उनले भनेका छन्, ‘व्यापारिक समस्या समाधान गर्न हामीले जापानलाई यति रकम तिर्नुपर्छ भन्नासाथै हामी बीचको सम्बन्ध धेरै धमिलो हुने निश्चित छ ।’ हाल अमेरिका, जापान लगायत लामो समयदेखिका मित्रराष्ट्रहरुसँग समेत व्यापारिक मुद्दामा लडिरहेको छ । यसै वर्ष ट्रम्पले अमेरिकामा आयात हुने स्टील र अल्मनियम जस्ता महत्वपूर्ण धातुहरुको मूल्य वृद्धि गर्ने घोषणा गरेपछि यसले विश्व बजारमा तहल्का मचाएको थियो ।
 
यतिमात्र नभएर ट्रम्पले गाडीहरुको मूल्य समेत बढाउने धम्की दिएका हुन् जसपछि जापानका व्यापार मन्त्रीले पनि पछिल्लो महिना अमेरिकाले त्यसको प्रतिउत्तर भोग्नुपर्ने भन्दै चेतावनी दिएका थिए । 
 
यसअघि ट्रम्पको क्यानडा, मेक्सिको, चीन र युरोपेली संघसँग पनि यसै विषयमा विवाद परेको थियो । यसप्रति क्यानडाका प्रधानमन्त्री ट्रयुडुले यस्तो भनेका हुन्, ‘ट्रम्पले चाहे भन्दैमा हाम्रो देशले जथाभावि सर्त र सम्झौतामा कहिल्यै पनि सहमति जनाउने छैन ।
 
’ उनको यस्तो वचनपछि ट्रयुडु र ट्रम्पबीचको विवाद झन गम्भीर बन्दै गएको बताइएको छ । त्यस्तै चीनसँगको व्यापार नीतिलाई लिएर पनि ट्रम्पले धेरैपटक असन्तुष्टि जनाइसकेका छन् भने पछिल्लो महिना मात्र २०० खर्ब भन्दा बढी चिनियाँ वस्तुको मूल्यमा २५ प्रतिशतले वृद्धि पनि गराएका थिए । तर चीनले पनि यसको प्रतिउत्तरमा अमेरिकी वस्तुहरुमाथि पनि त्यत्तिकै शुल्क वृद्धि गरेको हो । 
 
अमेरिकाको व्यापार घाटा कम गर्न आफू जुनसुकै कदम उठाउन पनि पछि नहट्ने अडान लिँदै ट्रम्पले यस व्यापारिक युद्धको सुरुवात गरेका थिए । त्यसैको परिणाम अब जापानले पनि चाँडै भोग्नुपर्ने बताइएको हो ।
 
 अमेरिकाले जापानबाट करिब १२ अर्ब डलर बराबरको सामग्री निर्यात गर्ने गरेको छ । त्यसैले पनि जापानी प्रधानमन्त्री सिन्जो आबेले ट्रम्पसँग नजिकी सम्बन्ध राख्दै आएका छन् र दुवैबीच अहिलेसम्म आठपटक भेटवार्ता भइसकेको छ जसलाई अन्य देशहरुको तुलनामा एकदम धेरै मानिन्छ ।
 
 तर अमेरिकासँगको व्यापार छलफलमा अहिलेसम्म कुनैपनि देशले पूर्ण सहमति जनाएका छैनन् । त्यसकारण पनि ट्रम्पले जापानसँगको सम्बन्ध संकटमा पर्ने उल्लेख गरिरहेको बताइएको छ ।