Trending :
 

अभिनेता नाना पाटेकरले यी नायिकालाई पनि छाडेनन्

भाद्र २५,२०७५

-

२५ भदौ, २०७५ काठमाण्डौ l
 
 
मुम्बई । बलिउड नायिका तनुश्री दत्ताले अभिनेता नाना पाटेकारलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।
 
तनुश्रीले एउटा फिल्मको सुटिङका क्रममा नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि बलिउड तरङ्गित भएको छ ।
 
‘सुटिङ सेटमा म डान्स अभ्यास गरिरहेकी थिएँ । नाना आए र मलाई च्याप्प पाखुरामा समातेर आफूतिर टाँसे’, नायिका तनुश्रीले भनेकी छिन्, ‘म तिमीलाई डान्स सिकाउँछु । म डराएँ र कुदेर भ्यानिटी भ्यानमा गएँ । त्यहाँ मेरी आमा हुनुहुन्थ्यो ।’
 
‘उहाँलाई मैले सुनाएँ सबै कुरा सुनाएँ’, उनले भनिन्, ‘आमा र म भएर सुटिङ स्पटमै हंगामा ग(यौं । पछि नानाले माफी मागे ।’
 
अभिनेता नाना पाटेकरले माफी मागेपछि यौन दुर्व्यवहारको घटनालाई गुपचुप राख्ने सहमति भएको उनले बताएकी छिन् ।
 
तनुश्रीले धेरै फिल्म खेलेकी छैनन् । तर, नाना पाटेकरसँग फिल्म खेलेकी छैनिन् ।
 
उनी अब बिग बोसको नयाँ सिजनमा देखिदैछिन् । यो सिजनमा तनुश्री आफैं बहिनीसँगै सहभागी हुने भएकी छन् ।