Trending :
 

अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो

भाद्र २६,२०७५

-

भदौ २६, २०७५ काठमाडौं ।  
 
नेपाली बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । सोमबार १ अमेरिकी डलरको बिक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 
सोमबारका लागि अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो १ डलरको खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा र विक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा थियो । 
 
यसअघि बढ्दै गएको डलरको भाउ गएको शनिबार भने ८ पैसा घटेको थियो । त्यसयता फेरि पनि डलरको भाउ बढ्दै गएको हो । डलर महँगो हुँदा अर्थतन्त्र नै प्रभावित हुने अर्थशास्त्रीहरु बताउँछन् । बस्तु आयातमा निर्भर नेपालको जस्तो अर्थतन्त्रमा डलरको भाउ बढ्दा मूल्यवृद्धि हुन्छ ।
 
भारतसँगको स्थीर विनियम दरका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर हुने गरेको हो ।