Trending :
 

च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय भारतीय टोलीको घोषणा

बैशाख २५,२०७४

-एजेन्सी

वैशाख २५ –

आगामी जुन १ बाट इंगल्याण्डमा सुरु हुने च्याम्पियन्स ट्रफीका लागि विराट कोहलीको कप्तानीमा १५ सदस्यीय भारतीय क्रिकेट टोली घोषणा भएको छ ।

च्याम्पियन्स ट्रफीका लागि भारतीय टिमको छनोट भएको छ । निकै ढिलो घोषणा भएको भारतीय टिममा गौतम गम्भीर र हरभजन सिंह पुनः स्थान बनाउन असफल भएका छन् ।

शिखर धवन र रोहित शर्मालाई पुनः टिममा समावेश गरिएको छ । यी दुवैले यसपाली प्रतियोगिताको प्रारम्भ गर्ने बताइएको छ। यिनीहरूको ब्याक–अपको रुपमा अजिङ्का रहाणे रहने छन्। प्रतियोगिताका लागि सुरेश रैनाको पनि छनोट भएन। १५ सदस्यीय टिममा युवराज सिंहलाई स्थान दिइएको छ ।

भारत च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन हो। यसपाली भारत समूह बीमा समावेश छ। जसमा पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका समावेश छन्। प्रतियोगिताका लागि अप्रिल २५ मा नाम पठाउनुपर्ने समय तय थियो। तर, भारतीय क्रिकेट र आइसिसीबीच देखिएको विवादका कारण भारतले धेरै पछाडि टिम छनोट गरेको हो ।

भारतीय टोली :

विराट कोहली, रोहित शर्मा, शिखर धवन, अजिङ्का रहाणे, युवराज सिंह, मनिष पाण्डे, महेन्द्रसिंह धोनी, केदारनाथ जाधव, हार्दिक पाण्ड्या, रवीचन्द्रन अश्विन, रवीन्द्र जडेजा, उमेश यादव, भुवनेश्वर कुमार, जस्प्रित बुमरा र मोहम्मद शामी ।