Trending :
 

नेशनस् लिगमा क्रोएशियाको ६–० को सर्वाधिक ठूलो हार

भाद्र २९,२०७५

-

 भदौ २९ , २०७५ एजेन्सी
 
रसियामा सम्पन्न विश्वकपको उपविजेता टोली क्रिएशियालाई स्पेनले मंगलबार ६–० को विशाल अन्तरले पराजित गरेको छ।
 
स्पेन आफ्ना नयाँ प्रशिक्षक लुइस एन्रिकको प्रशिक्षणमा मैदानमा उत्रेको थियो। फुटबलमा क्रोएशियाको सर्वाधिक ठूलो पराजय हो।
 
क्रिएशियाविरूद्ध फराकिलो जितका लागि स्पेनी मिडफिल्डर साउट नेगुइजले आफ्नो गृहनगर एलेचमा पहिलो गोल गरेका थिए।
 
२४ औं मिनेटमा अग्रता लिएको स्पेनले आफ्ना विश्वकप टोलीका ४ सदस्यमात्र रहेको क्रोएशियालाई ३२ औं मिनेटमा दोश्रो गोल प्रहार गरेको थियो। सो गोल एसेनसियोले गरेका थिए।
 
तेश्रो गोल भने स्पेनले क्रोएशियाबाट उपहार पायो। दोश्रो गोल गरेका एसेन्सियोले प्रहार गरेको बल क्रसबारमा लागेर क्रोएशियन गोलरक्षकसँग डिफ्लेक्ट हुँदै पोस्टमा छिरेको थियो।
 
त्यस्तै चौथो गोल रोड्रिगोले खेलको ४९ औं मिनेटमा गरे भने स्पेनी कप्तानले ५७ औं मिनेटमा गोल गर्दै अन्तरलाई ५(० ले फराकिलो पारे।
 
नयाँ खेलाडीहरूले भरिएको स्पेन त्यतिमै रोकिएन उसले खेलको ७० औं मिनेटमा छैटौं गोल गर्‍यो र क्रोएशियालाई सर्वाधिक ठूलो हार चखायो।
 
यो जीतसँगै स्पेनले यूइएफए नेशन लिगमा आफ्नो समूह खेलमा ६ अंक बटुलेको छ। एजेन्सी ।