कृत्रिम उज्यालोबाट टाढा हुँदा सिक्नुस् यी कुरा !

भाद्र ३१,२०७५

-

३१ भदौ, २०७५ काठमाण्डौ l
 
 
हामी हाम्रो जीवनको झण्डै एक तिहाई समय सुतेर निदाएको अवस्थामा वा सुत्ने प्रयासमा बिताउँछौं । तर २४ सै घण्टा उज्यालो बनाउने गरी बनेको संसारका कृतिम उज्यालोले हाम्रो निद्रा खतरामा छ ।
 
कतिपयले हरेक २४ घण्टाको करिब ७ देखि ९ घण्टा आराम गर्ने सल्लाह दिन्छन् । काम गरिरहेका दिनहरुमा हरेक रात त्यत्ति नै समय आराम गर्नु वा सुत्न जरुरी रहेको वैज्ञानिकहरु पनि सुझाउँछन् । तर हामीलाई हाम्रो सुत्ने समयको मात्राले मात्र असर गरिरहेको छैन ।
 
पछिल्लो समय के पत्ता लागेको छ भने हाम्रो आराम वा सुताईलाई जैविक घडीले पनि असर गरिरहेको हुन्छ । खासमा हाम्रो निद्रा वा आरामको समयलाई रातमा बल्ने लाईट वा उज्यालोले पनि असर गरिरहेको हुन्छ ।
 
त्यसकारण यदि हामी लाईट बन्द गरेर सुत्यौ भने के फाईदा हुन्छ ? हाम्रो निद्रामा कुनै फरक हुन्छ वा कुनै फाईदा हुन्छ ? आजका आधुनिक सहरहरुमा यो कसरी सम्भव हुन्छ ? 
 
यीनै प्रश्नहरुको उत्तरका लागि सर्री विश्वविद्यालय टर्कीका दुई खोजकर्ताले एउटा प्रयोग गरे ।
 
उनीहरुले जाडो मौसममा टर्कीका केहि सहरीयाहरुको अध्ययन शुरु गरे । उनीहरु जागिरे थिए तर दिनभर व्यस्त रहन्थे । डिसेम्बर महिनामा उनीहरुको हुने दैनिकी र आरामको समय तथा जुनमा उनीहरुको कामको समय फरक देखियो । बढि उज्यालोको समयमा उनीहरु बढि काम गरे वा लामो दिनहरुमा उनीहरुको काम वा आरामको अवस्था र छोटो दिनको त्यहि रुटिङमा फरक देखियो ।
 
 
 
लाईटले वा उज्यालोले दिमागलाई थप अलर्ट बनाउँछ र यसले सक्रिय बनाउँछ । यदि रातमा पनि त्यहि कुरा भईरह्यो वा सुत्ने बेडमा समेत उज्यालो भयो भने आराम आरामदायी हुँदैन ।
 
प्राकृतिक नियम अनुसार नै हामी दिनमा बढि उज्यालो र साँझमा कम उज्यालोमा बस्नुपर्ने खोजकर्ताहरु बताउँछन् ।
 
खोजकर्ताहरुको महत्वपूर्ण सुझाव के भने हामीले दिनमा घरभित्र काम गर्दा नै अधिक उज्यालो बनाएपनि साँझ ६ बजेको समयबाट भने घरभित्रको उज्यालोमा पनि कम गर्नुपर्छ । त्यस्तो समयमा मैनबत्तीको प्रयोग गर्नु राम्रो हुने वा रातो रंगको डिम लाईट बाल्न उनीहरु सुझाव दिन्छन् । यसको दिमागलाई दिनभरको थकान र दिनभरको उत्तेजक अलर्टको अवस्थाबाट पनि आराम दिन्छ । यो हामी विस्तारै आराम गर्ने समय तर्फ जाँदैछौं भन्ने कुराको संकेत पनि हो ।
 
रातमा बिना बत्ति वा अंध्यारोमै सुत्ने वा आराम गर्नेको तन्दुरुस्तता उज्यालो बत्तीमै सुत्नेको भन्दा कयौं गुणा धेरै हुने र उसको दिमाग दिनभर फ्रेस भईरहने पनि खोजकर्ताको सुझाव छ ।
 
हुन त आधुनिक सहरहरुमा अंध्यारो बनाउन अनेकौं उपायहरु अपनाईए पनि हाम्रो जस्तो ठाउँमा प्रायः प्राकृतिक रुपमै जीवनशैली चलेको हुन्छ । तर आधुनिकता तर्फ जाँदै गरेका सहर वा घरहरुमा बस्ने मानिसहरुको जीवनशैलीका लागि यो महत्वपूर्ण जानकारी हुन सक्छ ।
 
कृतिम उज्यालोले रातमा पनि काम गर्न सक्ने गरी सजिलो पनि बनाएको छ । यसले कयौं कुरामा फाईदा पनि भएको छ तर आफ्नो स्वास्थ्यको लागि भने हामी कत्तिको ध्यान दिन्छौं भन्ने कुरामा प्रगति पनि निर्भर हुन्छ । स्वस्थ जीवनशैलीले मात्र स्वस्थ शरिर बन्छ अनि स्वस्थ शरीरले सफल जीवन । एजेंसी