Trending :
 

रिहान्नाको फेसन शोमा गर्भवतीहरू

भाद्र ३१,२०७५

-

३१ भदौ, २०७५ काठमाण्डौ l
 
 
न्युयोर्क । गायिका तथा अभिनेत्री रिहान्नाले न्युयोर्क फेसन विकमा विविधता ल्याएको भन्दै प्रशंसा बटुलेकी छिन् । ३८ वर्षीया डिजाइनर रिहान्नाले न्युयोर्कमा सेभेज एक्स फेन्ट समूहबाट गर्भवती तथा विभिन्न समुदायका महिलालाई सहभागी गराएकी थिइन् ।
 
समूहमा बेल्ला र गिगिग हाडिड पनि सहभागी थिए । धेरैको ध्यान भने गर्भवती महिला स्लिक उड्सले खिचिन् । विभिन्न समुदायका महिलालाई सहभागी गराएर रिहान्नाले न्युयोर्क फेसन विकलाई रंगिन बनाएको भन्दै उनको प्रशंसा गरिएको हो । मोडलहरूले (याम्पमा उत्रिँदै आफ्नो एकता प्रस्तुत गरेका थिए ।
 
सन् २०१४ मा काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले उनलाई फेसन आइकन लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मान गरेको थियो । सन् २०१२ मा फोर्ब्स्रले सार्वजनिक गरेको संसारकै शक्तिशाली सेलेब्रिटीको सूचीमा उनी चौथो नम्बरमा थिइन् । एजेन्सी