नेपालसँग अफगानिस्तान २५ रनले पराजित
-
भदौ ३१, २०७५ काठमाडौँ ।
भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ ।
आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै १८९ रन बनायो ।
भारतका दुवै टिमसँग पराजित भएको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग सान्तोना जित निकालेको हो । लखनउमा भएको प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९ ओभर ३ बलमा १ सय ८९ रनमा अलआउट भयो ।
एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनायो । यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडे । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हाने ।
सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भीम सार्कीले १३ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २र२ विकेट लिए ।
अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए । रेयाज हसनले ३८ र अबदुल रहमान रहमानीले ३७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुईरदुई विकेट लिए ।
नेपालले आइतबार पनि सुरुवात राम्रो गर्न सकेको थिएन् । लगातार दुई खेलमा हार ब्यहोर्दै प्रतियोगिताको फाइनल प्रवेशबाट बाहिरिसकेको नेपालले सात रन बनाउँदा तीन विकेट खेर फालेको थियो ।
सुरुवातमा तीन खेलाडी ७ रनमा आउट भएका थिए । आइतबार आसिफ शेख तीन रनमा आउट हुँदा अरुण ऐरीले खाता खोल्न पाएनन्, त्रितराज दास ४ रनमा पेभेलियन फर्किए ।
त्यसपछि सन्दीप जोरा २८ रनमा आउट हुँदा नेपालको स्कोर ५४ रनमा थियो । नेपालले स्कोरबोर्डमा अरु ६ रन थप्दा पाँचौ विकेट गुमायो । नेपालका लोकेश बाम १६ रनमा आउट भए ।
नेपालका कुनै पनि खेलाडीबीच दरिलो साझेदारी हुन नसक्दा नेपालले ९० रनमा ६ विकेट गुमायो । नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन । एक सय १६ रन हुँदा नेपालका कमलसिंह ऐरी मात्र नौ रनमा पेभेलियन फर्किए ।
तर आठौ विकेटका लागि पवन सराफ र रासिद खानले ६५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । तर रासिद खान २४ रनमा आउट हुँदा नेपालले आठौ विकेट गुमायो ।
त्यसका लगत्तै किशोर महतो पनि पेभेलियन फर्किएपछि नेपालले नबौ विकेट खर फाल्यो । नेपालका लागि पवन सराफले उत्कृष्ट ब्याटिङ गर्दै अविजीत ७८ रन बनाए । १९० रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७।४ ओभरमा सबै विकेट गुमाउँदै १६४ रनमा समेटिएको थियो ।
इजाज अहमद मेहरनले सर्वाधिक ५७ रन बनाउँदा रियाज हसनले ३८ रन बनाएका थिए । नेपालका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए ।
१० ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै २९ रन खर्चिएका थिए । रासिद खान र कमलसिंह ऐरीले २–२ विकेट लिँदा पवन सर्राफले एक विकेट हात पारे ।