रोनाल्डोको दुई गोलले युभेन्ट्स विजयी
-
असोज १, २०७५ काठमाडौँ ।
इटालियन सिरि ए अन्तर्गतको खेलमा क्रिष्टियानो रोनाल्डोको गोलले युभेन्टस विजयी भएको छ ।
यसै सिजनमा रियल मड्रिड छाडेर युभेन्टस गएका रोनाल्डोले चौथो खेलमा मात्र गोल गर्न सफल भए ।
आइतबार भएको खेलमा युभेन्टसले सासुलोलाई २–१ गोल अन्तरले पराजित गर्दा दुबै गोल रोनाल्डोले नै गरेका हुन् ।
पहिलो हाफमा गोल रहित बराबरी भए पनि सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
५०औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए भने सिरि एमा डेब्यू गोल गर्न पनि रोनाल्डो सफल भए ।
यस्तै पहिलो गोल गरेको १५ मिनेट पछि नै रोनाल्डोले टिम र ब्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए ।
९१ औं मिनेटमा खौमा बाबाकरले एक गोल फर्काए पनि त्यो हार टार्न सकेनन् ।