Trending :
 

फिलिपिन्समा ६४ को ज्यान लिएको आँधी चीन पुग्यो, थुप्रै शहरमा ‘हाई अलर्ट’

आश्विन ०१,२०७५

-

 
असोज १, २०७५ एजेन्सी ।
 
बीबीसी
 
फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ  प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको छ ।
 
ग्वांगडूंगमा सबैभन्दा तीब्र गतीको आँधी आउने ‘हाई अलर्ट’ जारी गरिएको छ । यो आँधीले हंगकंगमा पनि विनास निम्त्याएको छ । गगनचुम्बी भवनका झ्याल–ढोकामा क्षती पुगेको छ ।
 
फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुगेको छ जसमा धेरैजसोको मृत्यु भारी वर्षापछिको पहिरोका कारण भएको छ ।
 
म्यांगकूटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।
 
चीनमा कस्तो असर ?
 
चीनको सरकारी मिडिया अनुसार म्यांगकूट आँधीका कारण दुईको मृत्यु भएको छ । उक्त आँधी चीनको तटीय शहर जियांगमेनमा अपरान्हमा पुग्यो ।
 
हज्जारौंलाई ग्वांगडूंग बाहिर पठाइएको छ र प्रशासनले चेतावनी जारी गरेको छ ।
 
हंगकंगमा पनि प्रशासनले हाई अलर्ट जारी गर्दै मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ । त्यहाँ हावाको गती एक सय ७७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
घाइतेका संख्या एक सय ११ बताइएको छ । शहरम पानीको स्तर १२ फुटसम्म पुगेको छ र सडकमा जिउँदा माछाहरु तैरिरहेका छन् ।
 
धेरैजसो पसल र सार्वजनिक सेवा बन्द गरिएको छन् । यो आँधीले विमान परिचालनमा पनि विशेष असर पुर्याएको छ । हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलमा आठसय बढि उडान रद्द गरिएका छन् । यसले एक लाख यात्रु प्रभावित भएका छन् ।
 
फिलिपिन्सको एकै प्रान्तमा १९ को मृत्यु ?
 
यद्यपी, यी चेतावनीमाथि मानिसहरुले खासै ध्यान दिएनन् । हंगकंगका निवासी हाओ चेनले समाचार एजेन्सी एएफपीलाई भने, ‘म बिहान मर्निङ वकमा गएको थिएँ । मलाई ताजा हावा निकै मनपर्छ र सडकमा कोही पनि थिएनन्, कुनै सवारी साधन थिएनन् । सामान्य दिनमा हामीले यस्तो देख्नु असम्भव छ ।’
 
छिमेकी मकाउ शहरमा पहिलो पटक प्रान्तको सबैभन्दा चर्चित क्यासिनो बन्द गर्ने आदेश दिएको छ ।
 
मंगलबासम्म म्यांगकूट आँधी कमजोर हुने सम्भावना छ ।
 
यो आँधीका कारण फिलिन्समा थुप्रैको मृत्यु भएको छ । अधिकारीका अनुसार फिलिपिन्सको कार्डिलेरा र न्यूएवा विजकायामा पहिरोका कारण धेरैको मृत्यु भए तीमध्ये धेरैजसो बालबालिका छन् । एजेन्सी