Trending :
 

आर्थिक प्रसङ्ग

झापाको गौरादहस्थित जाली उद्योग संचालनमा

बैशाख २६,२०७४

-आस्थान्युज संवाददाता

२६,वैशाख,झापा-

झापाको गौरादह नगरपालिका -१ स्थित एक परिवारले आफ्नै लगानीमा जाली उद्योग संचालनमा ल्याएको छ Iउक्त उद्योग शिव कुमारी राईको परिवारद्वारा आफ्नै जमिनमा सन्चालनमा ल्याईएको हो I

पूर्वमा बिराटनगरमा मात्र भएको यस उद्योग गौरादहमा सुरुवात गरे सँगै यस क्षेत्रका जनतामा थप खुसियाली र उत्साह बढेको छ Iयसप्रकारको जाली घरायसी तथा उद्योग धन्दामा पर्खालको रुपमा प्रयोग गरिन्छ I

 

त्यसैगरी यसप्रकारको जाली गुणस्तरीयका साथै टिकाउ र सुरक्षित् समेत हुने भएकोले यसको माग दिनहु बढ्दो रहेको छ I जालिहरुलाई बिभिन्न साइज र आकारमा समेत निकाल्न सकिने मेसिन उपलब्ध रहेको हर्क धन राइले बताउनुभयो I

जाली उद्योग सन्चालनमा आएसंगै गाउंघरमा रोजगारको सिर्जना हुने भएको छ Iयसका साथै घरेलु कच्चापदार्थले पनि बजार पाउने विस्वास गरिएको छ I