Trending :
 

प्रियंकाको नयाँ कार

बैशाख २६,२०७४

-

वैशाख २६ –

लगातार हिट फिल्म दिईरहेकी प्रियंका कार्की अब टाटाको जेस्टमा हुईकिने भएकी छिन् ।

आकर्षक लुक, उत्कृष्ट पफर्मेन्स र स्टाइलका कारण छोटो समयमै नेपालकै अग्रणी कम्प्याक्ट सेडान कारको रूपमा निकै चर्चा बटुल्न सफल भएको टाटा जेस्ट प्रियंकाले किनेकी हुन् जसको नेपाली मुल्य ३१ लाख रुपैँया हाराहारीमा छ ।

भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स्द्वारा उत्पादित जेस्ट कारको बेचबिखन नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले गर्दछ । नेपालकी चर्चित अभिनेत्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि जेस्ट कार रोजेकोमा हर्षित भएको कम्पनीले जनाएको छ ।

यसअघि उनले २०७२ को भूकम्पपछि कार किनेकी थिइन् । उनले कार किनेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दा व्यापक मात्रामा नकारात्मक टिप्पणीहरु आएका थिए । भूकम्प पिडितका लागि सहयोग जुटाउँदै राहात वितरण गरेकी प्रियंकालाई भूकम्प पिडितका नाममा पैसा उठाएर कार किनेको आरोप लगाइएको थियो ।

प्रियंकाले नयाँ कार किनेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो खुशी शुभेच्छुकसँग बाँडेकी हुन् ।