राजकुमार मगरको ‘सुनकोशिको पुलʼ दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक
-
असोज ३, २०७५ काठमाडौं ।
राजकुमार मगरको ‘सुनकोशिको पुल’ नामक लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सुरज थापा र सिता माझीको स्वर रहेको उक्त गीतलाई व्यवस्थापिका सांसद यज्ञराज सुनुवारले बुधबार मनमैजु स्थित एकीकृत सृजनशील समाजको हलमा सार्वजनिक गरेका हुन ।
सो अवसरमा सांसद सुनुवारले विगत लामो समय देखि द्धन्द पिडित वालवालिकाहरुको संरक्षण र शिक्षा दिक्षाको व्यवस्थापन गर्दै आएको एकीकृत सृजनशील समाजलाई रु ५००० पनि सहयोग प्रदान गरे ।
सबैलाई राम्रो संदेश दिन एकीकृत सृजनशिल समाजले महत्तो पूर्ण भूमिका खेल्न सहयोग गरेको सांसद सुनुवारले बताए ।
विगत लामो समयदेखि द्धन्द पिडित वालवालिकाहरुलाई विभिद सहयोगी मनहरुबाट संकलित रकमले संचालित उक्त एकीकृत सृजनशील समाजले हाल नेपालका १२ भन्दा बढी जिल्लाका ४५ जना पिडित वालवालिकाहरुलाई आश्रय दिदैं आएको छ ।
गितको भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला