आर्थिक प्रसङ्ग
बैशाख २६,२०७४
-
२६,वैशाख,काठमाडौँ-
स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रिन्टिङ तथा प्रेस व्यवसायीहरुलाई पनि भ्याइनभ्याइ भएको छ।उम्मेद्वार मनोनयन भए यता प्रिन्टिङ प्रेसमा झण्डा, टिसर्ट, ब्याच तथा अन्य प्रचार प्रसारका सामाग्री छपाउनेको भीड लाग्ने गरेको छ। सामान्य समयमा फाट्ट–फुट्ट मात्र मान्छे देखिने प्रिन्टिङ प्रेसमा अहिले खुट्टा टेक्ने ठाँउसम्म छैन।
काठमाडौँका सबैजसो प्रिन्टिङ प्रेसमा राजनीतिक दलका प्रचार प्रसार सामाग्री बनाउन भ्याई नभ्याई रहेको व्यवसायीहरु बताउँछन्। झण्डा बनाउने अत्याधिक अर्डरले गर्दा पछि आएका अर्डर क्यान्सिल गर्नुपरेको ब्यबसायीहरुको भनाइ छ I
त्यसै गरी प्रिन्टेड क्यापको ६० देखि ७० रुपैयाँ, ब्याचको ६ देखी ८ रुपैयाँसम्म पर्छ। पछिल्लो १०/१५ दिनमा मात्र करिब ६० हजार खुद नाफा कमाएको बताउँछन्। उनको ३० वर्षे व्यवसायिक इतिहासमा यो पटकको निर्वाचनमा सोचेको भन्दा धेरै अर्डर आएको हो।
अरू बेलामा साइनबोर्ड, नम्बर प्लेट, स्टामप्याड आदिको मात्र अर्डर आउनेमा , अहिले त्यस्तो काम भ्याउनु त परै जाओस झण्डाको अर्डर पनि ४० प्रतिशत मात्र गर्न सकिएको उनीहरु बताउंछन् I
प्रमुख समाचार