Trending :
 

अन्तर्राष्ट्रिय फौजदारी अदालतले ‘रोहिंग्या नरसंहार’को मुद्दा हेर्ने

आश्विन ०४,२०७५

-

४ असोज २०७५ काठमाण्डौ l
 
 
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले ‘रोहिंग्या नरसंहार’को मुद्दालाई हेर्ने भएको छ। अदालतले मंगलबार रोहिंग्या नरसंहारको मुद्दा हेर्ने बताएको हो।
 
म्यानमारको रखाएन राज्यमा अल्पसंख्यक मुश्लिम रोहिंग्या समुदायमाथि त्यहाँको सरकार र सेनाले ज्याददी गरेकोभन्दै संयुक्त राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक गरेपछि आइसीसीले यस मुद्धालाई गम्भीर रुपमा लिएको हो।
 
प्रारम्भिक चरणमा आइसीसीले म्यानमारका सैन्य अधिकारीविरुद्ध लागेका आरोपहरुका बारेमा छानविन गर्नेछ। अदालतले यस मुद्धालाई हेर्न सुरु गरेको बीबीसीले जनाएको छ।
 
गत वर्ष सरकार, सेना तथा बहुसंख्यक बौद्ध धर्मावलम्बीको ज्यादती, दमन तथा हिंसाबाट बच्न यतिबेला ७ लाख रोहिंग्याहरु बंगलादेशमा शरणार्थी जीवन विताइरहेका छन्। उनीहरुको अवस्था दयनीय रहेको छ।
 
द्वन्द्वका क्रममा हजारौ मानिसहरु मारिएको थिए भने उनीहरुको घरहरु जलाइएको थियो।
 
बर्मेली सरकारविरुद्ध राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक गरेपछि उसले त्यसको चर्को विरोध गरेको थियो। म्यानमारले रोहिंग्या सशस्त्र समूह जसले सरकारी सेनामाथि आक्रमण गरे उसलाई मात्र कारवाही गरेको बताएको छ।
 
यद्यपी राष्ट्रसंघको प्रतिवेदनमा बलात्कृत रोहिंग्या महिला तथा अन्य पिडितहरुसँगको अन्तर्वार्ता गरिएको छ। जसले रोहिंग्या नरसंहारलाई पुष्टि गर्छ। यसै महिनाको सुरुवातमा म्यानमारले दुई पत्रकारलाई समेत नियन्त्रणमा लिएको छ।
 
रोहिंग्या नरसंहार भएका क्षेत्रमा रोयटर्सका रिपोर्टिङ गर्न गएका पत्रकारलाई जेलमा हालिएको छ। देशको कानुन तोडेकाले जेल हालिएको म्यानमारको तर्क छ। यद्यपी विश्वभरबाट यस कार्यको आलोचना भइरहेको छ।
 
आइसीसीले यस मुद्दालाई हेर्ने भएपछि म्यानमार सरकार दवावमा रहेको बुझिएको छ। यद्यपी उसले कुनै प्रतिक्रिया जनाएको छैन्। एजेन्सी