विवादका कारण संकटमा ‘क्वीन’ कंगनाको करिअर
-
४ असोज २०७५ काठमाण्डौ l
काठमाडौं । बलिउड अभिनेत्री कंगनाले रनावत विभिन्न काण्डमा चर्चामा आइरहने नाम हो । उनले कुनैबेला भनेकी थिइन्, ‘मलाई कुनैपनि खान (सलमान, शाहरुख र अमिर) बलिउडमा आवश्यक पर्दैन । उनी कुनैपनि स्टारको पछि लागेर हिट हुन चाहँदिनन् ।
सन् २००६ मा ‘गैंगस्टर’देखि अन्तिम फिल्म ‘सिमरन’सम्म आइपुग्दा उनले लामो समय विवादमा फस्यो । कंगना यतिबेला आफ्नो फिल्म ‘मणिकर्णिका 'द क्वीन अफ झाँसी’ का कारण पुन: चर्चामा छिन् । अभिनेता सोनू सूदले हालै यो भन्दै छेडे कि कंगनामा निर्देशकको रुपमा ‘योग्यता’को कमी छ ।
मणिकर्णिकाका निर्देशक कृषले कारणवश फिल्म छाडेपछि केही शुट निर्देशन गर्ने जिम्मा कंगनालाई दिइएको थियो ।
पछिल्लो केही वर्षदेखि कंगनाले बलिउडमा तिव्र रुपमा ‘विरोधी’ बनाएकी छन् । जसमा सोनू सूदको नाम जोडिएको छ ।
के कंगना एक्लै त पर्दिनन् ?
फिल्म समीक्षक अर्नब बेनर्जीलाई मान्ने हो भने यदि कंगनाले यही रुपमा शत्रु बनाउँदै जाने हो भने फिल्म बजारमा एक्लै हुनेछिन् । उनी भन्छन्, ‘कंगना तिव्र रुपमा कन्ट्रोभर्सीमा फसिरहेकी छन् । उनले यसलाई थोरै भएपनि कम गर्नुपर्नेछ । यदि उनी सिरियस फिल्ममा काम गर्न चाहन्छिन् भने आमिर खानले जस्तै वर्षमा एउटा मात्र फिल्म गर्नुपर्छ । र, फिल्मको हरेक क्षेत्रमा अब्बल देखिन चाहन्छिन् भने उनले आफैं फिल्म बनाउनुपर्नेछ र त्यही प्रकारको अभिनेता चुन्नुपर्नेछ ।’
उनी थप्छन्, ‘यसका लागि उनले धेरै कुरा सिक्नुपर्छ । यदि तपाई मणिकर्णिका जस्तो यति ठूलो फिल्म बनाइरहनुभएको छ भने त्यसका लागि अनुसन्धान र अनुभव जरुरी हुन्छ ।’
यतिबेला कंगनासँग कामको कमी छैन । उनीसँग तीन चारवटा फिल्म हातमा छन् । मणिकर्णिकापछि राजकुमार रावसँग उनले ‘मेंटल है क्या’ नाम गरेको फिल्ममा काम गर्दैछिन् ।
शत्रु बढाउँदै कंगना
कंगनाले अघिल्लो वर्षमात्र करण जोहरलाई एउटा गम्भीर आरोप लगाइन् । कंगनाले जोहरकै शोमा उनलाई फिल्म माफिया र फिल्मको माध्यमबाट नातावाद बढाएको आरोप लगाइन् । त्यसपछि कंगना र करणबीच दुरी बढ्यो ।
फिल्म उद्योगमा यसरी दुश्मनी लिँदा करियरमा गम्भीर असर पर्ने बताइन्छ । फिल्म निर्माता रमेश तौरानीको धारणा भने फरक छ, उनी भन्छन्, ‘कन्ट्रोभर्सीका कारण कलाकार छनोटमा कुनै असर पर्दैन । त्यो उसको पहिचान हो । विवाद चाहे जे सुकै होस्, यदि कोही अभिनेताले हामीले दिएको रोल गर्छ भने हामी उसलाई लिन्छौं ।’
कंगनाले तीन पटक नेशनल अवार्ड जितिसकेकी छन् । उनलाई कमल हसन, नाना पाटेकर र नसीरुद्दीन शाह जस्ता अभिनेताको श्रेणीमा राखिन्छ । तर पनि किन उनी विवादमा आइरहन्छिन् रु
अजय ब्रह्मात्मज भन्छन्, ‘कंगना बलिउडसँग सम्बन्ध नभएका परिवारबाट आएकी हुन् । बाहिरबाट आएको मान्छेको संघर्ष अरुको भन्दा दुई गुणा हुन्छ । यस्तो अवस्थामा आक्रामक हुने गर्छन् । आक्रामक भएपछि उबाट केही गल्ती पनि हुन्छन् । यस्तै गल्ती कंगनाबाट पनि भइरहेको छ ।’
बलिउड फिल्म पण्डितहरुका अनुसा कंगनाले यही हिसाबमा फिल्म बजारका कलाकारसँग शत्रुताको व्यवहार गर्ने हो भने उनी केही वर्षमै एक्ली हुनेछिन् । उनको करियर धरापमा पर्न कुनै बेर नलाग्ने उनीहरु बताउँछन् ।