Trending :
 

आर्थिक प्रसङ्ग

नेपालमा बैदेशिक लगानीतर्फ आकर्षण बढ्दो

बैशाख २६,२०७४

-

२६,वैशाख,काठमाडौँ-

उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालमा बैदेशिक लगानी भित्र्याउन सरकारले ८ वटा नीतिगत निर्णय लिएको स्पष्ट पारेका छन् । उनले बैदेशिक लगानी भित्रयाउन राजनीतिक स्थायित्व अझै कायम हुन नसकेपनि ऐन, कानुनसम्बन्धि नीतिगत निर्णय भने सरकारले लिइसकेको उल्लेख गरे ।

त्यसैगरी मंगलबारदेखि काठमाडौँमा सुरु भएको नेपाल व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपालमा बैदेशिक लगानी भित्र्याउने अनुकूल वातावरण बनाउन सरकारले ८ वटा ऐन संशोधन गर्नु परेको पनि बताए ।

मन्त्री जोशीले नेपालमा खनिज उद्योगको पनि प्रचार सम्भावना रहेको स्मरण गराएका छन्। उक्त सम्मेलनमा दक्षिण एशीयाली राष्ट्रका उद्योगी,व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

औद्योगिक क्षेत्र विकासका विभिन्न आयामबारे जानकारी लिने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा गुणस्तरीय बस्तु उत्पादनका विषयमा विशेष जोड दिएर छलफल हुने जानकारी प्राप्त भएको छ ।