भगवान विष्णुको वराह अवतार लिनुको रहस्य !

आश्विन ०५,२०७५

-

५ असोज २०७५ काठमाण्डौ l
 
 
 
वराह अवतार भगवान विष्णुको तेस्रो अवतार हो । हिरण्याक्ष नाम गरेको दैत्यले पृथ्वीमा आतंक मच्चाएको थियो यो दैत्यले देवता र ऋषि-मुनिहरुलाई समेत निकै नै सताएको थियो ।
 
 
 
पृथ्वीमा पूजन तथा यज्ञआदि भैरहन्थ्यो यसबाट देवताहरुलाई शक्ति मिल्ने गर्थ्यो । एकपटक महाबली हिरण्याक्षले पृथ्वीलाई समुद्रमा लगेर लुकायो ।यसले गर्दा सारा ब्रह्माण्डमा उथल-पुथल मच्चिन लाग्यो तथा सारा सृष्टिनै संकटमा पर्यो । यस्तो अवस्थामा देवता र ऋषि-मुनिहरु मिलेर भगवान विष्णुको प्रथार्ना गर्न थाले । देवता र ऋषि-मुनिहरूको प्रथार्नापछि विष्णुले आश्वस्त पार्दैं सहयोग गर्ने वचन दिए र वराहको रुप धारण गरे ।
 
 
वराह रुप धारण गरेका विष्णुले ठूलो गर्जन सहित समुद्रमुनि गएर पृथ्वीलाई सुँढमा राखेर बाहिर निकाल्दै गर्दा दैत्य हिरण्याक्ष रिसले चुर हुँदै वराह रुप धारण गरेका विष्णुमाथी विभिन्न अस्त्रशस्त्रले आक्रमण गर्न थाल्यो ।
 
 
हिरण्याक्षले प्रहार गरेको अनेकौं अस्त्रशस्त्रले विष्णुको वराह अवतारलाई कुनै हानी-नोक्सानी पुर्‍याउन सकेन ।शक्तिशाली वराह अवतारको अगाडी आफू कमजोर सिद्ध भएपछि हिरण्याक्ष दैत्य भाग्न थाल्यो र वराहले हिरण्याक्षको पेटमा आफ्नो धारिलो सुँढले प्रहार गरेर उसको वध गरिदिनुभयो l
 
 
यसरी वराह अवतार धारण गरि भगवान विष्णुले पृथ्वीलाई नष्ट हुनबाट बचाए ।