‘साइकल’ बोधकथा !
-माधव प्रसाद गर्तौला
६ असोज २०७५ काठमाण्डौ l
एक बोधिसत्व प्राप्त सद्गुरुले देखे कि उनका पांचजना शिष्यहरु बज़ारदेखि फर्किंदै छन् l जब उनिहरु साइकलबाट ओर्लिए तब गुरुले उनिहरुसंग सोधे ‘तिमीहरु सबैले साइकल किन चलाउंछौ’ ?
पहिलो शिष्यले उत्तर दियो- ‘मेरो साइकलमा आलुको बोरा राखिएको छ, यसले मलाई त्यस बोरालाई आफ्नो पिठ्युंमा बोक्नु पर्दैन’, त्यसैले म साइकल चलाउंछु....!
गुरुले उसंग भने- ‘तिमी धेरै चलाख छौ l जब तिमी वृद्ध हुनेछौ तब तिमीलाई मेरो जस्तै झुकेर (कुप्रो भएर) हिंड्न पर्दैन’ l
दोस्रो शिष्यले उत्तर दियो- ‘मलाई साइकल चलाउँदै गर्दा रुख-विरुवा एवं खेतहरुलाई हेर्न मन पर्छ’, त्यसैले म साइकल चलाउंछु'....!
गुरुले दोस्रो शिष्यसंग भने- ‘तिमी सदैव आफ्ना आँखा खुला राख्दछौ र दुनियाँलाई हेर्छौ’ l
तेस्रो शिष्यले उत्तर दियो- ‘जब म साइकल चलाइरहेको हुन्छु तब भगवानको मंत्रजाप गरिरहन्छु’ l
गुरुले तेस्रो शिष्यको प्रशंसा गर्दै भने- ‘तिम्रो मन कुनै नयाँ कसिएको चक्काको जस्तै एकै ठाउँमा रमी रहन्छ’ l
चौथौं शिष्यले उत्तर दियो- ‘साइकल चलाउंदा म सबै प्राणीसंग एकात्मकता अनुभव गर्ने गर्छु,’ त्यसैले म साइकल चलाउंछु....!
गुरुले प्रसन्न हुँदै भने- ‘तिमी अहिंसाको स्वर्णिम पथमा अग्रसर छौ’ l
पांचौं शिष्यले उत्तर दियो- ‘म साइकल चलाउनको लागि साइकल चलाउंछु’ l
गुरु उठेर पांचौं शिष्यको चरण नजिकै बसेर भने- ‘म तपाईंको शिष्य हूँ’ l
-माधव प्रसाद गर्तौला