एसिया कपमा सुपर फोर दोस्रो खेल आज : भारत र पाकिस्तान, अफगानिस्तान र बंगलादेश खेल्दै
-
असोज ७, २०७५ काठमाडौँ ।
एसिया कप क्रिकेटमा आइतबार सुपर फोर अन्तर्गत दोस्रो खेल हुँदैछ ।
पहिलो खेलमा भारत र पाकिस्तानले आ(आफ्ना प्रतिद्वन्दीलाई पराजित गरेका थिए । एसिया कपमा सहभागि ६ टिममध्य सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा भिडेका हुन् ।
भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सुपर फोरमा एक अर्कासँग भिड्दै छन् ।
जस अन्तर्गत आज भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगलादेश भिड्न लागेका हुन् । सुपर फोर अन्र्तगत पहिलो खेलमा भारतले बंगलादेश तथा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेका थिए ।
भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार सवा ५ बजे दुबईमा हुँदा सोही समयमा अफगानिस्तान र बंगलादेश सारजाह मैदानमा भिड्नेछन् । समूह चरणमा पनि भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगादेश यसअघि भिडि सकेका छन् ।
भारतले समूह चरणमा पाकिस्तान र हङकङलाई पराजित गरेको थियो भने अफगानिस्तानले बंगलादेश र श्रीलंकालाई पाखा लगाएको थियो ।
आजको खेलमा भारत र पाकिस्तान मध्य एउटा टिम विजयी भए फाइनल पुग्ने सम्भावना बलियो हुने छ । दुवै टिमले पहिलो सुपर फोरमा विजयी भएकाले आजको खेलको नतिजाले फाइनल यात्रा सहज हुने छ ।
अफगानिस्तान र बंगलादेशले पहिलो खेलमा पराजित भएकाले आज विजयीहुने टिमको पनि सेमिफाइनल यात्राको सम्भावना जिवितै हुने छ । सुपर फोर अन्तर्गत अन्तिम खेलमा मंगलबार भारतले अफगानिस्तान र पाकिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन् ।