सबैले जान्नैपर्ने ल्वाङको कथा !

आश्विन ०७,२०७५

-

७ असोज २०७५ काठमाण्डौ l 
 
 
नेपाली भान्सामा मसलाको रुपमा प्रयोग हुने ल्वाङ स्वास्थ्यका दृष्टिले निकै उपयोगी चिज हो । पाचनक्रियामा सहयोगी, क्यान्सरविरुद्ध लड्ने, कलेजो बचाउने, रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्ने, मधुमेह नियन्त्रण गर्ने, हड्डी मजबुत पार्नेजस्ता थुुप्रै फाइदा ल्वाङका छन् ।
 
 
 
ल्वाङ एशियाली मुलुकहरू इण्डोनेशिया, भारत, पाकिस्तान, पुर्वी अफ्रिकामा लोकप्रिय मसलाको रुपमा प्रयोग गरिन्छ । तर यो सुरुमा इण्डोनेसियाको मालुकु टापुमा उत्पादन भएको मानिन्छ । १३ औं र १४ औं शताब्दिमा यसलाई इण्डोनेशियाबाट चीन, भारत, इरान, अफ्रिका र युरोपमा निर्यात गरिन्थ्यो । त्यतिबेला यो निकै महँगो थियो । इण्डोनेशियाको मालुकु टापु नियन्त्रणमा लिन मध्यकालिन र आधुनिक समयमा समेत थुप्रै युद्ध भएका छन् । विशेषगरी एशियाली मुलुकमा खाद्यपदार्थमा यो बढी प्रयोग गरिन्छ ।
 
 
ल्वाङ सदाबहार जडीबुटी हो । यसको पात, सुकेको कोपिला, डाँठ र पातलाई औषधिको रुपमा प्रयोग गरिन्छ । ल्वाङको तेल औषधिको रुपमा लोकप्रिय छ । आयुर्वेदमा ल्वाङलाई दाँतको समस्या र श्वासको दुुर्गन्ध हटाउने औषधिको रुपमा प्रयोग गरिन्छ ।
 
 
१०० ग्राम ल्वाङमा ६५ ग्राम कार्बोहाइड्रेट, ६ ग्राम प्रोटीन, १३ ग्राम टोटल लिपिड, २ ग्राम चिनी, २४७ क्यालोरी इनर्जी र ३३ ग्राम फाइबर पाइन्छ । यसका साथै यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, फोस्फोरस, पोटासियम, सोडियम र जिंकजस्ता खनिज पदार्थ पाइन्छ । भिटामिन सी, थियामिन, रिवोफ्लाभिन, नियासिन, फोलेट, भिटामिन बी ६, भिटामिन बी १२, भिटामिन ए, भिटामिन इ, भिटामिन डी र भिटामिन के पाइन्छ ।
 
 
ल्वाङले स्वास्थ्यमा पुर्‍याउने फाइदा
 
 
ल्वाङले पाचन इन्जाइमलाई सक्रिय राख्दै पाचन प्रणालीमा सहयोग गर्छ । यो ग्यास्ट्रिक, अरुची, अपचजस्ता समस्या पनि उपयोगी हुन्छ । अपचको समस्यमा यसलाई भुटेर, पाउडर बनाएर या महसँग मिसाएर उपयोग गर्न सकिन्छ ।
 
 
ल्वाङमा एन्टीब्याक्टेरियल तत्व छ भन्ने कुरा प्रमाणित नै भइसकेको छ । ल्वाङको तेलले किटाणुु मार्छ । अझ हैजा फैलाउने ब्याक्टेरियाविरुद्ध पनि यो प्रभावकारी मानिन्छ ।
 
 
यो एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो, जसले फ्रि र्याडिकलबाट कलेजोलाई बचाउने काम गर्छ । यसका साथै ल्वाङको तेलले इन्सुलिनको काम गरी ब्लड सुुगर नियन्त्रण गर्ने काम गर्छ ।
 
 
ल्वाङको हाइड्रो अल्कोहोलिक तत्वले हड्डीको घनत्व र यसमा भएका खनिज तत्वलाई संरक्षण गर्ने काम गर्छ । आयुर्वेदले केही वनस्पतिलाई प्रतिरोधी प्रणालीको रक्षा गर्ने सुचीमा राखेका छन् । तीमध्ये एक ल्वाङ पनि हो । ल्वाङको सुुकेको कोपिलाले सेता रक्तकोषमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता वृद्धि गर्नमा मद्दत गर्छ ।
 
 
यो पीडानाशक पनि हो । ल्वाङमा भएको युजेनोल तत्वले दुखाईलाई नाश गर्छ भने मुखका रोगमा पनि उपयोगी मानिन्छ । पीडानाशक गुण भएकाले यो मन्जन बनाउँदा पनि प्रयोग गरिन्छ । टाउको दुखेको बेला ल्वाङको पेस्टमा सिधेनुन मिसाएर लगाउने हो भने निको हुन्छ । तर सकेसम्म ल्वाङको तेल सिधै लगाउनुहुन्न । यसलाई ओलिभ ओयल या जैतुनको तेल अथवा डिटिल्ड वाटरमा मिसाउनुु पर्छ ।
 
 
ल्वाङको चुरोट : इण्डोनेशियामा लामो समयदेखि चुरोटको विकल्पमा ल्वाङको चुरोट प्रयोग गरिदैं आएको छ । यो सुरक्षित हुने विश्वास गरिन्छ । तर अनुसन्धानहरूले परम्परागत चुरोटको तुलनामा यो हानिकारक भएको देखाएको छ ।