आर्थिक प्रसङ्ग
बैशाख २६,२०७४
-
२६,वैशाख,काठमाडौँ-
मंगलबार १३ अंकले सेयर बजार उकालो लागेको छ । कारोबार खुलेदेखि नै बढेको बजार दिनभर रातो हुन पाएन। १३ दशमलव ५१ अंकले बजार बढेर १६ सय ५० अंक कायम भएको छ।
यस दिन सबै समूहहरु उक्लिएका छन्। जलविद्युत समूह सबैभन्दा धेरै ११५ अंकले बढेको छ। त्यस्तै बिमा ६६, बैंकिङ ७, होटल २२, विकास बैंक २५, फाइनान्स ४ र अन्य समूह १ अंकले बढेका छन्।
१ सय ४२ कम्पनीको ६१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ। रकमका आधारमा पछिल्ला दिनमा कारोबार केही शिथिल बनेको छ। अधिकांश लगानीकर्ताले चुनावपछिको राजनीतिक वातावरण पर्खिरहेकाले पनि खरिदबिक्री घटाएका हुन्।
कारोबारका आधारमा सानिमा माइ हाइड्रो अगाडि रह्यो। सो कम्पनीको ४ करोड ६७ लाखको कारोबार भयो। त्यस्तै प्राइम लाइफको २ करोड ८० लाखको कारोबार भयो। प्रभु बैंक, सनराइज बैंक, नेपाल लाइफ इन्स्योरेन्स तथा अरुण काबेलीको २–२ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।
तीन जलविद्युत कम्पनीको मूल्य ८ प्रतिशतले बढेको छ। अपि पावर, बुटवल पावर र सानिमा माइ हाइड्रोको मूल्य क्रमशः ८. ८, ८.४ र ८.२ प्रतिशतले बढ्यो। मेरो माइक्रोफाइनान्सको मूल्य ८. १ प्रतिशतले बढ्यो। गुमाउनेमा सिनर्जी फाइनान्सका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ३ दशमलव ६ प्रतिशतले घटेको छ।
प्रमुख समाचार