Trending :
 

राफेल विमानको खरिद रोकिँदैन : जेटली

आश्विन ०८,२०७५

-

८ असोज २०७५ काठमाण्डौ l 
 
 
भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकु विमान राफेलको खरिद सम्झौतामा कुनैे घोटाला नभएको दाबी गरेका छन् । उनले राफेल विमानको मूल्य बढी वा कम भएको भन्नेबारेमा भारतीय महालेखा परीक्षकले जाँच गर्न सक्ने बताए ।
 
 
उनले विपक्षीहरूले लगाएको आरोपमाथि सत्यता नभएकाले खरिद सम्झौता रद्द नहुने बताए । फ्रान्सका पूर्वराष्ट्रपति फ्रान्कोइस ओलान्डेले राफेल लडाकु विमान खरिद सम्झौता गर्दा भारतीय रिलायन्स डिफेन्स कम्पनीलाई साझेदार बनाएको धारणा व्यक्त गरेपछि राफेल विमान खरिदका सन्दर्भमा ठूलो भ्रष्टाचार भएको विपक्षी दलहरूले आरोप लगाएका छन् ।
 
 
साथै, राफेल विमान खरिदका लागि भारतीय कम्पनी छनोट गर्दा हिन्दुस्तान एरोनटिक्सलाई नदिएर रक्षासम्बन्धी अनुभव नै नभएका अनिल अम्बानीको रिलायन्स डिफेन्सलाई रातारात नयाँ कम्पनी खोल्न लगाएर भ्रष्टाचार र अनियमितता गरेको आरोप प्रमुख विपक्षी भारतीय कंग्रेस पार्टीले लगाएको छ । एजेंसी