Trending :
 

विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा यसपाली पनि 'बिल गेट्स' नै

'गेट्सको सम्पत्ति ८६ अर्ब डलर निर्धारण'

चैत्र ०८,२०७३

-

८,२०७३चैत्र,काठमाडौँ-

यस वर्षपनि संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा बिल गेट्स नै पहिलो घोषित भएका छन् |

फोर्ब्स पत्रिकाले प्रतिवर्ष जारी गर्ने सूचीमा यसवर्षपनि माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स नै पहिलो स्थानमा रहेका हुन् |

जारी सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२० स्थान झरेर ५४४ औं स्थानमा आइपुगेका छन् |

गेट्सको सम्पत्ति ८६ अर्ब डलर निर्धारण गरिएको छ | त्यस्तै दोस्रो स्थानमा बर्कशायर हाथवेका प्रमुख वारेन बफेट रहेका छन् | उनको सम्पत्ति ७५.६ अर्ब डलर निर्धारण गरिएको छ |  
तेस्रो नम्बरमा चाहिँ अमेजनका जेफ बेजोस रहेका छन् । 

फोर्ब्सका अनुसार संसारमा अर्बपतिहरूको संख्या १३ प्रतिशतले बढेको छ | अहिले यो संख्या दुई हजार ४३ पुगेको छ |