मंगलवार देखि सोह्रश्राद्ध शुरू हुँदै, पितृपक्षमा के गर्ने के नगर्ने ?

आश्विन ०८,२०७५

-

 ८ असोज २०७५ काठमाण्डौ l 
 
 
 
मंगलवारदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु हुदैछ । यसबेलामा केही काम अवश्य गर्नुपर्छ भने केही काम पटक्कै गर्नु हुँदैन । यी कुरामाहरुमा ध्यान दिनुस्-
 
श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ ।
 
श्राद्धमा तीन वस्तु पवित्र मानिन्छ :  छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल ।
 
श्राद्धमा तीन प्रशंसनीय कुरा छन् :  बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने ।
 
श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि लाभप्रद छ ।
 
 
श्राद्धमा गर्न नहुने काम-
 
 
पद्मपुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, अपितु गुप्तरूपमा गर्नुपर्छ । धनी हुनुहुन्छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नुस् अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नुस् ।
 
श्राद्धको दिन घरमा दही नमथ्नुस् ।
 
श्राद्धकै दिन कपाल नकाट्नुस् । अघिल्लो दिन काट्नुस् ।
 
महाभारतका अनुसार भन्टा, गाजर, मसूरोको दाल, रहर, लौका, हींग, प्याज, लसून, बीरे नून, जामुन, सुपारी, सर्स्युँ र चनाको प्रयोग निषिद्ध छ ।
 
पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभकाम गर्न वर्जित छ । यतिखेर कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन ।
 
घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजन, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।