एसीसी यू–१९ क्रिकेट खेल्ने नेपाली टोली बिहिबार बंलादेश जाँदै
-
असोज ९, २०७५ काठमाडौं ।
एसीसी यू–१९ क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । उनीहरु बिहिबार बंलादेश जाँदै छन् ।
टोलिमा मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मिलित छनौट समितिले मोहमद आशिफ शेखकोक कप्तानीमा यू १९ टोलीको घोषणा गरिएको हो ।
कमलसिंह ऐरी उपकप्तान रहेको टोलीमा रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन शर्राफ, रवीन्द्रजंग शाही, रासिद खान रहेका छन् ।
यसैगरी भीम सार्की, तिर्तराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सूर्य तामाङ पनि टोलीमा रहेका छन् ।