‘समुद्री लहर’ बोध कथा !

आश्विन १०,२०७५

-माधव प्रसाद गर्तौला

१० असोज २०७५ काठमाण्डौ l 

 

विशाल महासागरमा एक लहर चढ्दै-ओर्लंदै, बग्दै गैरहेको थियो  l  ताज़ा हावाका लहरमा आफ्नै पानीको चंचलतामा मग्न..... l  त्यसै समय अर्को समुद्री लहरलाई किनारमा टकराएर मेटिंदै गरेको उसले देख्यो l

 

“कति दु:खद छ” लहरले सोच्यो- “यस्तै मेरो साथ पनि हुन्छ” !

 

सोचिरहेकै बेला अर्को लहर पनि त्यहिं आइपुग्यो l पहिलो लहरलाई उदास एवं दुखी देखेर उसले सोध्यो- मित्र ! “के भयो” ? “यति धेरै उदास र दु:खी किन छौ” ?

पहिलो लहरले उत्तर दियो- “मित्र ! तिमी बुझ्दैनौ ! हामी सबै नष्ट हुनेवाला छौं l त्यहाँ हेर, हाम्रो अंत्य निकट छ” !

दोस्रो लहरले भन्यो- “ओह...! होइन, तिमी केहिपनि जान्दैनौ l तिमी लहर होइनौ, तिमी महासमुद्रकै एक अंग हौ, तिमी महासमुद्र हौ !

यो पनि पढ्नुहोस्‘साइकल’ बोधकथा !