आश्विन १०,२०७५
-माधव प्रसाद गर्तौला
१० असोज २०७५ काठमाण्डौ l
दुईजना मित्रहरु मिली मरुभूमिको यात्रा गरिरहेका थिए l यात्राकै क्रममा कुनै कुरालाई लिएर उनिहरुबिच वाद-विवाद भयो l विवाद यति धेरै बढ्यो कि एक मित्रले अर्को मित्रको गालामा एक थप्पड़ हानिदियो l थप्पड़ खानेवाला मित्रलाई यस घटनाले धेरै मर्माहित बनायो l र बिना केही भनी उसले बालुवामा लेख्यो-
“आज मेरो सबैभन्दा प्रिय मित्रले मलाई थप्पड़ हान्यो” !
यसपछि दुबै मित्रहरु आ-आफ्नै गंतव्यका लागि हिंडिरहे l धेरैबेर मरुभुमिमा हिंडिसकेपछि उनिहरुलाई नुहाउन मन लाग्यो l जुन मित्रले थप्पड़ खाएको थियो उ बालुवाको दलदलमा फस्यो र त्यसैमा डुब्न लाग्यो, तर उसको मित्रले उसलाई बचायो l जब उ दलदलदेखि सही-सलामत बाहिर आयो तब उसले एउटा ढुंगामा लेख्यो-
“आज मेरो सबैभन्दा प्रिय मित्रले मेरो जीवन बचायो” !
उसलाई थप्पड़ हान्ने र बचाउनेवाला मित्रले उसलाई सोध्यो- “जब मैले तिमीलाई थप्पड़ हाने तब तिमीले बालुवामा लेख्यौ, तर जब मैले तिमीलाई बचायें तब तिमीले दुंगामा लेख्यौ, यस्तो किन ?
उसको मित्रले भन्यो- “जब हामीलाई कसैले दुःख दिन्छन् तब हामीले उसलाई बालुवामा लेखिदिनुपर्छ ताकि क्षमाभावनाका हावाहरु आई उसलाई मेटिदियोस् l तर जब कसैले हाम्रो भलाई गर्छन् तब हामीले उसलाई ढुंगामा लेखिदिनुपर्छ, ताकि त्यो संधैभरीका लागि अमिट रहोस्.......!!
यो पनि पढ्नुहोस्-‘समुद्री लहर’ बोध कथा ! 'फूल र ढुंगा' लघुकथा !
प्रमुख समाचार