‘अंधी केटी’ लघुकथा !

आश्विन ११,२०७५

-माधव प्रसाद गर्तौला

११ असोज २०७५ काठमाण्डौ l 

 

एउटी केटी जन्मैदेखि नेत्रहीन थी l र यसै कारण उ स्वयंसंगै घृणा गर्थि l उसले अन्य कसैलाई पनि मन पराउंथिन, सिवाय एउटा केटा बाहेक जो चाहिं उसको साथी थियो l त्यस केटाले उसलाई धेरै प्रेम गर्थ्यो, र उसको हर संभव देखभाल गर्थ्यो l एक दिन ती केटीले युवकलाई भनि- “यदि कुनैदिन म यस दुनियाँलाई देख्न सक्ने भईं भने म तिमीसंगै विवाह गर्नेछु” l

 

अकस्मात् एकदिन कसैले ती केटीलाई आफ्ना दुबै आँखा दान गरिदियो l जब केटीको आँखाबाट पट्टी खोलियो तब उसले सबैचीज देख्न सक्थि l उसले त्यो केटालाई पनि देखि l

 

केटाले उसंग सोध्यो- “अब तिमी सबैचीज हेर्न सक्छौ, के तिमी मसंग विवाह गर्छौ” ?

 

केटीलाई यो देखेर धक्का लाग्यो कि त्यो केटा अंधो थियो l केटीलाई यसको आशा थिएन l उसले सोचि कि उसलाई जिंदगीभर एउटा अंधो केटासंग जीवन बिताउनुपर्छ, र उसले विवाह गर्न अस्वीकार गरि l

 

केटीको अस्वीकारबाट मर्माहित भई केटा त्यहाँबाट गयो l केहि दिनपछि उसले केटीलाई एउटा पत्र लेख्यो-

 

“मेरी प्यारी, आफ्ना दुबै आँखालाई धेरै सम्हालेर राख्नु, किनकि ती आँखा मेरा हुन्” l 

 

यो पनि पढ्नुहोस्- ‘समुद्री लहर’ बोध कथा !