Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

जापानमा मंगलबार ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

बैशाख २७,२०७४

-

 

 २७ वैशाख , टोकियो / एजेन्सी-

 दक्षिणी जापानमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । यद्यपि, यस भूकम्पका कारण हालसम्म सुनामीको चेतावनी भने तत्काल दिइएको छैन र भूकम्पबाट मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।

दक्षिणी ओकिनावानमा रहेको मियाको द्वीपको १० किलोमिटर गहिराइमा ६ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जानकारी दिएको छ ।

जापानको मौसम विज्ञान विभागका अनुसार यस भूकम्पको कारण समुद्रस्तरमा केही परिवर्तन आएको भए तापनि सुनामीको कुनै खतरा रहेको छैन । जापानको राजधानी टोकियोबाट करिब १ हजार ८ सय ४० किलोमिटर दक्षिणपश्चिममा पर्ने कियाकोको जनसंख्या ५५ हजार रहेको छ ।

जापानमा सन् २०११ को मार्च ११ मा समुद्र सतहमुनि केन्द्रबिन्दु भई आएको करिब ९ रेक्टरस्केलको भूकम्पपछिको सुनामीमा परी १८ हजार ५ सयजनाको मृत्यु भएको थियो भने सयौं बेपत्ता भएका थिए ।