समृद्धि : तथागत बुद्धको यो उपदेश सबैले जान्नैपर्ने !

आश्विन ११,२०७५

-

११ असोज २०७५ काठमाण्डौ l 
वास्तवमा मानिसले जति धेरै पैसा कमायो उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्मको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । 
 
तर वास्तवमा त्यसो होइन । एक व्यक्तिले ‘म कसरी गरीब भएँ ?’ भन्ने प्रश्नमा भगवान गौतम बुद्धले दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ । र तपाईंको गरीबी एकै छिनमा हटेर जानेछ ।
 
प्राचिन कालका पुस्तकलाई आधार मान्ने हो भने गौतम बुद्ध नेपालको तिलौराकोटमा बुद्धत्व प्राप्त नभएपछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्न गए । त्यहाँ उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले । सोही क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे ।
 
त्यसैक्रममा बुद्धले भने, ‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौ’ l  प्रश्न सोध्ने गरीब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु सांझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो ।
 
त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो अनुहारबाट जसलाई पनि मिठो मुस्कान दिन सक्छौ । तिमीसँग दुई हात छन्, आवश्यक पर्दा सघाउन सक्छौ । तिमीसँग मुख छ, मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौ । अनि तिमी कसरी गरीब भयौ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौ तब तिम्रो गरीबी पनि आफैं हटेर जानेछ ।’