'सपना' लघुकथा !

आश्विन ११,२०७५

-माधव प्रसाद गर्तौला

११ असोज २०७५ काठमाण्डौ l 

 

एक समयको कुरा हो l एउटी वृद्ध महिलाले प्रत्येक दिन राती सपनामा एउटा पुरानो डरलाग्दो घरमा एउटा विशालकाय दैत्यले उसको पछि-पछि आएर डराइरहेको सपना देख्ने गर्थिन् l सपनामा उसलाई लाग्थ्यो कि दैत्यको तीखा नङ्ग्राले उसलाई एकैछिनमा आफ्नो शिकार बनाउनेछ l र........

 

यो सबै उसलाई अति नै वास्तविक लाग्थ्यो l

 

र फेरी एक रात त्यही सपना फेरी आउँछ l यस पटक दैत्यले बिचरी महिलालाई आफ्ना डरलाग्दा नङ्ग्राले

समाउंछ l ती महिला अब यस्तो विकट अवस्थामा फसिन् कि त्यहाँबाट उम्किन असंभव थियो l आफ्नो मृत्युलाई आफ्नै अगाड़ी देखेर ती महिलाले दैत्यसंग एउटा कुरा सोध्ने साहस गरिन्-

 

“तिमी को हौ ? मलाई किन डराउंछौ ? के तिमी मलाई मार्छौ” ?

 

यी प्रश्न सुनेर दैत्य रोकियो l उसको भयानक मुखमा विस्मयको भाव उभरियो l आफ्ना दुबै हात कम्मरमा राखेर उसले दयालु स्वरमा भन्यो-

 

“यो म कसरी बताउन सक्छु ? यो त तिम्रै सपना हो” !

यो पनि पढ्नुहोस्- ‘अंधी केटी’ लघुकथा !