Trending :
 

प्रधानमन्त्री ओलीविरुद्ध अमेरिकामै विरोध प्रदर्शन

आश्विन १२,२०७५

-

१२ असोज २०७५ काठमाण्डौ l 
 
 
 
काठमाडौं । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका छन् ।  प्रधानमन्त्रीको सम्बोधनको पालो स्थानीय समय अनुसार विहीबार साँझ ५ बजे रहेकोमा सोही समयमा नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै प्रदर्शन गरिएको थियो । 
 
प्रदर्शनमा सहभागीले टाउकोमा कालो कपडा बेरेर प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् । उनीहरुले हामी न्याय चाहन्छौं भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई फाँसी दिन समेत माग गरेका थिए । बार्हखरी