Trending :
 

पञ्जाबसंग कोलकता नाइट राइडर्स १४ रनले पराजित

बैशाख २७,२०७४

-

वैशाख २७ –

आइपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पञ्जाबले कोलकता नाइट राइडर्सलाई १४ रनले पराजित गर्दै (आईपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।

मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले कप्तान ग्लेन म्याक्सवेलको ४४ र विकेटकिपर ऋदिमान साहको ३८ रनको मदतले १६७ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान ग्लेन म्याक्सवेलले ४४ तथा ऋद्धिमन शाहले ३८ रनको योगदान दिए ।  त्यस्तै मनन बोहराले २५ रन बनाए । कोलकताका क्रिस वोक्स र कुलदीप यादवले दुई दुई विकेट लिए ।

पञ्जाबले दिएको १६८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ्ग गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १५३ रन बनाउन सक्यो ।

कोलकताका क्रिस लिनले ८४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै कलकताका सुनिल नरिन र मनिष पाण्डेयले समान १८ – १८ रन बनाए । पञ्जाबका मोहित शर्मा र राहुल तेवातियाले दुसमानले दुई विकेट लिए ।

जितसँगै लिगमा दुई खेल बाँकी हुँदा पाँचौं स्थानमा रहेको पञ्जाबले १२ अंक बनाएको छ  ।

उता हारपछि कोलकताले प्लेअफमा पुग्न अझै अर्को खेलको नतिजा कुनुपर्ने भएको छ । १३ खेलमध्य ८ मा जित निकालेको कोलकताको १६ अंक छ ।