Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

दक्षिण कोरियामा मून जे इन नयाँ राष्ट्रपतिमा निर्वाचित

बैशाख २७,२०७४

-

 

२७,वैशाख,कोरिया -

 

 

दक्षिण कोरियामा मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ४० दशमलब दुइ प्रतिशत मत प्राप्त गरेर लिबरल डेमोक्रयाटिक पार्टीका उम्मेद्वार मून जे इन नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

 

निर्वाचित राष्ट्रपति मूनले १ करोड १४ लाख मत अर्थात ४० दशमलब दुइ प्रतिशत मत प्राप्त गरेको यहाँको निर्वाचन आयोगले जनाएको छ । मत गणना आज बिहान साढे दुइ बजे सम्पन्न भएको थियो ।

 

उनका निकटतम प्रतिद्धन्द्धी कन्जरभेटिभ लिबर्टी कोरिया पार्टीका उम्मेद्वार होङ जुन फ्याले चौबिस प्रतिशत मत पाएका छन् । यसपाली कुल मतदाताको सतहत्तर दशमलब दुइ प्रतिशत मत खसेको पनि निर्वाचन आयोगले जनाएको छ । जुन दुइ हजार बाह्रमा सम्पन्न निर्वाचनको भन्दा दुइ प्रतिशत बढि हो ।

निर्वाचित राष्ट्रपति मूनले चुनावी नतिजाको औपचारिक घोषणा लगत्तै आजै सपथग्रहण गर्ने कार्यक्रम रहेको पनि आयोगले बताएको छ ।

 

 चुनावी प्रचारका क्रममा मूनले देशमा बढ्दो भ्रष्टाचार र अनियमिता नियन्त्रण गर्ने प्रतिबद्धता गरेका थिए । भ्रष्टाचारमा लिप्त भएको भन्दै संसद र अदालतले महाअभियोग मार्फत पार्क गुन्ह्येलाई पदमुक्त गरेपछि निर्वाचन केहि महिना अगावै भएको हो ।

 

 पार्क भ्रष्टाचार काण्डमा मुछिएपछि सन् दुइ हजार बाह्रमा उनिसँगै पराजित भएका मूनको चुनावी दौरानमा लोकपृयता झनै बढेको थियो । मुनले निर्वाचन पुर्व र सोहि क्रममा वार्ता मार्फत कोरियाली प्रायद्धिपमा शान्ति र स्थाइत्व कायम गर्न सकिने बताएका थिए ।

 

 

यसैबीच मूनको राष्ट्रपति निर्वाचित भएसँगै उनका समर्थकहरुले राजधानी सोल लगायत देशका मुख्य शहरमा खुसियाली र विजयउत्सव मनाएका छन् । मतसर्वेक्षणहरुले उनले जित हासिल गर्ने प्रक्षेपण गरेसँगै मून समर्थकहरुले मतदान सकिएलगत्तै राजधानी सोलमा विजय जुलुश निकालेका थिए ।


यसैगरी मून कामदारप्रति उदार मानिने भएकोले कोरियामा कार्यरत नेपालीले सामाजिक सञ्जाल मार्फत मूनलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । मूनको नेपाल भ्रमणका क्रममा खिचेको तश्विर पोष्ट गरेर नेपालीले उनलाई बधाई दिएका छन् ।

 

 मुन नेपाल र त्यहाँको अवश्थाका बारेमा जानकार रहेकोले मूनको कार्यकालमा नेपाल सरकारले उनिबाट धेरै सहयोग लिन सक्ने बताइन्छ । पर्यटन प्रवद्र्धन, पुर्वाधार, भौतिक निर्माण लगायत लगानी र सहयोगका लागि कोरिया सरकारसँग माग गर्न नेपाललाई सहज हुने बताइन्छ ।

को हुन् मुन ?
दक्षिण कोरियामा राष्ट्रपति पदमा विजय भएका मुन उत्तर कोरियाली शरणार्थीका छोरा हुन् । उनी सैनिक शासक पार्क चुङ–हेविरुद्धको आन्दोलनका क्रममा सन् १९७० मा जेल परेका थिए । मानवअधिकारका पक्षमा वकालत गर्ने कानुनकर्मी बन्नुअघि उनले दक्षिण कोरियाको विशेष बलमा पनि काम गरेका थिए । सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि उनी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार थिए । 

के हो उनको नीति
मुन उत्तर कोरियाविरुद्ध दबाब र प्रतिबन्ध कायमै राख्दै वार्ता गर्नुपर्ने पक्षको वकालत गर्दै आएका छन् । यसविपरीत पूर्व राष्ट्रपति पार्क ग्युङ हेले उत्तर कोरियासँगका सबै सम्बन्ध कटौती गरेकी थिइन् । उनले उत्तर कोरियाको आणविक विकासलाई रोक्न असफल भएको भन्दै पहिलेका कन्जरभेटिभ प्रशासनको आलोचना गर्दै आएका छन् ।