Trending :
 

सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति प्रदान

आश्विन १४,२०७५

-

१४ असोज २०७५ काठमाण्डौ l 
 
ब्राजिल । कारावासको सजाय भोगीरहेका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ । 
 
देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो । 
 
ब्राजिलको अत्यन्त लोकप्रिय दैनिक पत्रिका “फोल्हा डे साओ पाउलो” को पटक पटकको आग्रहपछि न्यायाधिश रिकार्डो लेवान्डोवस्कीले यस्तो आदेश दिएको समाचारमा जनाइएको छ । 
 
सो पत्रिकाले मुलुकको दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिलाई सञ्चार माध्यममा बोल्न नदिएर प्रेस स्वतन्त्रतामा बाधा पर्ने तर्क गर्दै अन्तर्वार्ताका लागि अनुमति दिन माग गरेको थियो । 
 
भ्रष्टाचार गरेको आरोपमा पूर्व राष्ट्रपति लुलालाई गत अप्रिल देखि करावासमा राखिएको छ ।शुक्रबारको आदेशसँगै लोकप्रिय पूर्व राष्ट्रपति लुलालाई सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन बाटो खुलेको छ । 
 
उनलाई सर्वोच्च अदालतले नै भ्रष्टाचार अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको हो । आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको लुलाको दाबी छ । रासस/सिन्ह्वा