आश्विन १४,२०७५
-माधव प्रसाद गर्तौला
१४ असोज २०७५ काठमाण्डौ l
(१३) विवाह संस्कार
विवाह संस्कार हिन्दू धर्म संस्कारहरुमा त्रयोदश संस्कार हो l स्नातकोत्तर जीवन विवाहको समय हो, अर्थात् विद्याध्ययनपश्च्चात् विवाह गरेर गृहस्थाश्रममा प्रवेश गर्नुपर्दछ l यो संस्कार पितृऋणबाट उऋण हुनको लागि गरिन्छ l मनुष्यजन्मदेखि नै तिनवटा ऋणहरुसंग बांधिएर जन्मन्छ- ‘देवऋण’ ‘ऋषिऋण’ र ‘पितृऋण’ l यिनीहरुबाट अग्निहोत्र अर्थात् यज्ञादिक कार्यहरुबाट देवऋण, वेदादिक शास्त्रहरुको अध्ययनले ऋषिऋण तथा विवाहित पत्नीबाट पुत्रोत्पत्तिद्वारा पितृऋणदेखि उऋण भइन्छ l
प्रमुख संस्कार
हिन्दू धर्ममा विवाह संस्कारलाई सोर्ह संस्कारहरु मध्ये एक संस्कार मानिएको छ l विवाह दुईवटा शब्दहरु मिली बनेको छ- ‘वि + वाह l अत: यसको शाब्दिक अर्थ हो- “विशेषरूपले (उत्तरदायित्वको) वहन गर्नु” l विवाह संस्कारलाई ‘पाणिग्रहण संस्कार’ पनि भनिन्छ l अन्य धर्महरुमा विवाह पति र पत्नीबीच एक प्रकारको करार (सम्झौता) हुन्छ, जसलाई विशेष परिस्थितिमा तोड्न पनि सकिन्छ l तर हिन्दू विवाह पति र पत्नीबीच जन्म-जन्मांतरको संबंध मानिन्छ, जसलाई कुनैपनि परिस्थितिमा तोड्न सकिंदैन l अग्निलाई साक्षी राखी दुई तन, मन तथा आत्मा एक पवित्र बंधनमा बांधिन्छन् l हिन्दू विवाह्मा पति र पत्नीको बीच शारीरिक संबंधभन्दा अधिक आत्मिक संबंध हुन्छ र यस संबंधलाई अत्यंत पवित्र मानिएको छ l
श्रुतिको वचन छ- दुई शरीर, दुई मन र बुद्धि, दुई हृदय, दुई प्राण तथा दुईवटा आत्माहरुलाई समन्वय गरेर अगाध प्रेमको व्रत पालन गर्नेवाला दंपति उमा-महेश्वरको प्रेमादर्शलाई धारण गरिन्छ, यही विवाहको स्वरूप हो l हिन्दू संस्कृतिमा विवाह कहिलेपनि नटूट्नेवाला एक पवित्र धार्मिक संस्कार हो, यज्ञ हो l विवाहमा दुई प्राणी (वर-वधु) आफ्ना अलग-अलग अस्तित्वलाई समाप्त गरी एउटा सम्मिलित इकाईको निर्माण गर्दछन् र एक-अर्काको आ-आफ्ना योग्यताहरु एवं भावनाहरुको लाभ पुर्याउँदै गाड़ीमा लागेका दुई चक्काहरुको भांति प्रगतिपथमा अगाड़ी बढ्छन् l अर्थात् विवाह दुई आत्माहरुको पवित्र बंधन हो, जसको उद्येश्य मात्र इंद्रिय-सुखभोग होइन, बरु पुत्रोत्पादन, संतानोत्पादन गरेर एउटा परिवारको जग हाल्नु हो l
विवाह प्रणाली
सृष्टिको आरंभमा विवाह जस्तो कुनै प्रथा थिएन l कुनैपनि पुरुषले कुनैपनि स्त्रीसंग यौन-संबंध बनाएर संतान उत्पंन गर्न सक्दथ्यो l पिताको ज्ञान नभएर मातृपक्षको नै प्रधानता थियो तथा संतानको परिचय माताबाट नै दिइन्थ्यो l यो व्यवस्था वैदिक काल सम्म पनि रहेको थियो l यस व्यवस्थालाई परवर्ती कालमा ऋषिहरुले चुनौती दिएका थिए, तथा यसलाई पाशविक संबंध मान्दै नयाँ वैवाहिक नियम बनाए l ऋषि शेतकेतुको एउटा संदर्भमा वैदिक साहित्यमा आएको छ कि उनले मर्यादारक्षाका लागि विवाह प्रणालीको स्थापना गरे एवं तबदेखि नै कुटुंब-व्यवस्थाको श्रीगणेश भयो l आजकल बहुप्रचलित र वेदमंत्रहरुद्वारा संपन्न हुनेवाला विवाहलाई ‘ब्राह्मविवाह’ भनिन्छ l यस विवाहको धार्मिक महत्ता मनुले यस प्रकार लेखेका छन्-
दश पूर्वांन् परान्वंश्यान् आत्मनं चैकविंशकम् ।
ब्राह्मीपुत्रः सुकृतकृन् मोचये देनसः पितृन् ।
अर्थात् ‘ब्राह्मविवाह’ देखि उत्पन्न पुत्रले आफ्ना कुलका एक्काइस पीढ़ीहरुको पाप मुक्त गर्दछ l भविष्यपुराणमा पनि उल्लेख गरिएको छ कि जुन युवतीलाई अलंकृत गरी ब्राह्मविधिले विवाह गर्दछन्, ती निश्चय नै आफ्ना सातपूर्वजहरु र सात वंशजहरुलाई नर्कभोगदेखि बचाउंछ l आश्वलायनले त यहाँसम्म पनि भनेका छन् कि यस विवाह विधिले उत्पन्न भएको पुत्रले बार्ह पूर्वजहरु र बार्ह अवरणहरु (वर्णहीन) लाई पवित्र गर्दछ-
तस्यां जातो द्वादशावरन् द्वादश पूर्वान् पुनाति l l
पूर्वीय संस्कृतिमा अनेक प्रकारका विवाह प्रचलित रहेका थिए l मनुस्मृतिअनुसार विवाह-
ब्राह्मो दैवस्तथैवार्षः प्राजापत्यस्तथाऽऽसुरः ।
गान्धर्वो राक्षसश्चैव पैशाचश्चाष्टमोऽधमः l l (मनुस्मृति)
ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच गरी आठ प्रकारका विवाहहरुको उल्लेख पाइन्छ l
यो पनि पढ्नुहोस्- हिन्दू परंपरामा कति प्रकारका विवाह हुन्छन् ? आउनुहोस् जानौं
हिन्दू विवाह भोगलिप्साको साधन होइन, अपितु एउटा पवित्र धार्मिक संस्कार हो l संस्कारले अंत:शुद्धि हुन्छ, शुद्ध अंत:करणमा तत्वज्ञान या भगवतप्रेम उत्पन्न हुन्छ, जुनचाहिं जीवनको चरम एवं परम पुरुषार्थ हो l
यो पनि पढ्नुहोस्- केशांत संस्कार तथा समावर्तन संस्कार, महत्व एवं परिचय !
प्रमुख समाचार
सम्वन्धित समाचार