Trending :
 

'वर्ल्ड ब्युटी च्याम्पियन २०१७’ मा फुर्दिकी शेर्पाले नेपालको प्रतिनिधित्व गर्ने

बैशाख २७,२०७४

-

वैशाख २७ –

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड ब्युटी च्याम्पियन २०१७’ मा यस वर्ष फुर्दिकी शेर्पाले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।

मे १३ देखि दुवईमा हुने ब्युटिसियनहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘वल्ड ब्युटी च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व भोजपुरकी शेर्पा सौन्दर्य व्यवसायी फुर्दिकी शेर्पाले गर्न लागेकी हुन् ।

३५ भन्दा बढी मुलुकका सौन्दर्य व्यवसायीहरू सहभागी रहने प्रतियोगितामा सौन्दर्य व्यवसायीहरूको अन्तर्निहीत प्रतिभा उजागर गर्दै कामप्रतिको लगाव र आत्मविश्वास बढाउने उद्देश्य रहेको वल्र्ड ब्युटी कंग्रेसका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय कार्यक्रमका नेपाल निर्देशक सन्तोष सापकोटाले बताए ।

२०११ मा सिटिइभिटि धरानवाट व्युटिसियनको कोर्स पुरा गरेपछि सौदर्य ब्यवसायमा होमिएकी शेर्पा २०१३ मा एडभान्स कस्मेटोलोजी हुँदै आधुनिक मेक अपकोर्स, नेल आर्ट, हेयर डिजाइनिङ लगायतका विधामा कार्य गर्दै आइरहेकी छन् ।