‘चारवटी श्रीमती’ बोधकथा !

आश्विन १५,२०७५

-माधव प्रसाद गर्तौला

१५ असोज २०७५ काठमाण्डौ l 

 

एउटा धनी व्यापारीको चारवटी पत्नी थिइन् l उ आफ्नी चौथो पत्नीसंग सबैभन्दा धेरै प्रेम गर्दथ्यो, उसको सुख-सुविधाहरुमा उसले कुनै कसर बांकी राखेको थिएन l

 

उ आफ्नी तेस्रो पत्नीसंग पनि उत्तिकै प्रेम गर्दथ्यो l उ धेरै राम्री थी र व्यापारीलाई सदैव यो भय रहन्थ्यो कि कहीं उ कुनै अन्य पुरुषको प्रेममा परेर उसलाई छोड़ी नदियोस् l

 

आफ्नी दोस्रो पत्नीसंग पनि उसलाई धेरै प्रेम थियो l उ अत्यंत राम्रो स्वभावकी थी र व्यापारीको विश्वासपात्र पनि थी l जब-जब व्यापारीलाई कुनै समस्या आइपर्थ्यो तब-तब उ आफ्नी दोस्री पत्नीसंगै सल्लाह लिन्थ्यो र पत्निले पनि उसलाई धेरै पटक कठिनाईहरुबाट निकालेकी थी l

 

र व्यापारीको पहिलो पत्नी उ (व्यापारी) संग धेरै प्रेम गर्दथी र उसले उसको घर, व्यापार र धन-संपत्तिको धेरै देखभाल गरेकी थी तर व्यापारी उसंग प्रेम गर्दैनथ्यो l उ उसप्रति उदासीन थियो l

 

एक दिन व्यापारी धेरै बिरामी भयो l उसलाई लाग्न थाल्यो कि अब उसको मृत्यु नजिकै छ l उसले आफ्नी चारवटै पत्नीहरुको बारेमा सोच्यो- “मेरी चारवटी पत्नी छिन् तर मृत्युभने मेरो मात्रै हुनेछ l मृत्युपछि म कति धेरै एक्लै हुनेछु” !

 

उसले आफ्नी चौथो पत्निसंग सोध्यो- “म तिमीसंग सर्वाधिक प्रेम गर्छु र मैले तिमीलाई सबैभन्दा राम्रा वस्त्र-आभूषणहरु उपलब्ध गराएको छु l अब, जब म मर्नेवाला छु, तिमी मेरो साथ दिनको लागि मेरो साथ जान्छौ” ? यस्तो आश्चर्यजनक कुरा सुनेर चौथो पत्नी स्तब्ध भइन् l उसले भनी- “होइन-होइन ! यस्तो कसरी हुनसक्छ” !

 

चौथो पत्नीको कुराले व्यापारीको हृदयलाई टुक्रा-टुक्रा परिदियो l फेरी उसले आफ्नी तेस्रो पत्निसंग पनि त्यही प्रश्न गर्यो- “तिमी मेरी सबैभन्दा राम्री र प्यारी पत्नी हौ l म चाहन्छु कि हामी मरेपछि पनि साथ-साथै रहौं l तसर्थ मसंगै तिमिपनि मर” l तर तेस्रो पत्निले पनि त्यही उत्तर दी- “नाईं, म त अहिले कती धेरै राम्री र जवान छु l म तपाईंको मृत्युपछि अर्कै पुरुषसंग विवाह गर्नेछु” l व्यापारीलाई उबाट यस्तो जवाफको आशा थिएन l  

 

व्यापारीले आफ्नी दोस्रो पत्निसंग भन्यो- “तिमीले संधैभरी मेरो मद्दत गरेकी छौ र मलाई धेरै कठिन परिस्थितिहरुबाट निकालेकी छौ l अब फेरी तिमी मेरो मद्दत गर, र म मरेपछि पनि मैंसंग बस” l दोस्रो पत्निले भनी- “मलाई क्षमा गर्नुहोस् l यस पटक म तपाईंको कुनै मद्दत गर्न सक्दिन” l व्यापरीलाई यस्तो जवाफ सुनेर सभैभन्दा धेरै दुःख लाग्यो l

 

त्यसै समय उसलाई एउटा आवाज सुनाई दियो- “म तपाईंसंगै जान्छु l मृत्युले पनि मलाई तपाईंसंग टाढा राख्न सक्दैन” l यो व्यापारीको पहिलो पत्निको आवाज थियो l उसतर्फ कसैले कहिलेपनि ध्यान दिंदैनथ्यो l उ धेरै दुब्ली-पातली, रोगी र कमजोर भैसकेकी थी l

 

उसलाई हेरेर व्यापरीले दुःखपूर्ण स्वरले भन्यो- “मेरी प्यारी पत्नी...! मैले त तिमीलाई संधैभरी नजरअंदाज गरें जबकि मलाई तिम्रो सबैभन्दा धेरै ख्याल गर्नुपर्ने थियो” l

 

व्यपारीकै भांति हामीहरु सबैको पनि चारवटी पत्नीहरु हुन्छन्-

 

हाम्रो देह (शरीर) चौथो पत्नी हो l हामीले यसको जति नै धेरै ख्याल गरेपनि मृत्युको समय यसले हाम्रो साथ अवश्य नै छोडिदिनेछ l हाम्रो धनसंपत्ति हाम्रो तेस्रो पत्नी हो l हामी मर्ने बित्तिकै यसले हामीलाई छोड़ी अर्कैसंग जान्छ l हाम्रो परिवार हाम्रो दोस्रो पत्नी हो l हामी जीवित रहंदा यो हामीसंगै नजिक रहन्छ l हामी मर्नेबित्तिकै यसले हामिलाई बिर्सिदिन्छ l हाम्रो आत्मा हाम्रो पहिलो पत्नी हो, जसलाई हामी धनसंपत्तिको चाहमा, नाता-गोताका मोहमा र सांसारिकताको अंधो दौड़मा संधैभरी नजरंदाज गरिदिने गर्छौं l

यो पनि पढ्नुहोस्- 'सपना' लघुकथा !