Trending :
 

आर्थिक प्रसङ्ग

अब जागिरेहरुले बिना धितोनै बैंक बाट १५ लाख रुपैयाँसम्म ऋण पाउने

बैशाख २७,२०७४

-

 

२७,वैशाख-

अब जागिरेहरुले बिना धितोनै बैंक बाट १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् Iबैंक तथा वित्तीय संस्थाले जागिरेलाई बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन्।

त्यसो त ऋण पाउन कर्मचारीहरुले केही सर्तहरु भने पुरा गर्नुपर्ने छ। जागिरे भएकै भरमा भने ऋण पाइँदैन। तपाईले जागिर खाएको कार्यालयको तलवी खाता बैंक तथा वित्तीय संस्थामा हुनु पर्छ। नियमित तलव भुक्तानी गर्ने कम्पनीका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन्।

 

'राष्ट्र बैंकले यस्तो खालको ऋणमा बैंकहरुलाई केही नीतिगत सहुलियत दिएको छ। त्यसैका आधारमा बढिमा १५ लाख रुपैयाँसम्म ऋण दिन सकिन्छ' प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले जानकारी गराएI, 'लगानी सुरक्षाका लागि बैंकहरुले तलवी खाता भएका कम्पनीका कर्मचारीहरुलाई यस्तो ऋण दिइरहेका छन्।'

 

'शहरमा घर नभएकै कारण नियमित तलव सुविधा भएकाहरुले पनि बैंकबाट ऋण लिन पाएका थिएनन्। उनीहरुलाई लक्षित गरी १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो। 

 

राष्ट्र बैंकले जुन बैंकमा तलबी खाता भयो त्यही बैंकबाट ऋण लिनु पर्ने वाध्यताकारी व्यवस्था भने गरेको छैन। तर बैंकहरुले ऋणको सुरक्षाका लागि तलवी खाता भएका कम्पनीका कर्मचारीलाई मात्र ऋण दिएका हुन्।

 

बैंकहरुको यस्तो ऋण दिने आआफ्नै सिद्धान्त छ। कुनै बैंकले मासिक तलवको दुई गुणादेखि १५ लाख रुपैयाँसम्म ऋण दिने गरेका छन्

भने कुनै बैंकहरुले कम्पनीको विश्वसनीयताका आधारमा ऋण उपलब्ध गराउछन्I

 

 

बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्ने छन्। यस्तो ऋणको किस्ता तथा ब्याज बैंक तथा वित्तीय संस्थाले ग्राहकको नियमित आम्दानीबाट सोझै काट्छ।