‘हाम्रो मूल्य’ लघुकथा !

आश्विन १५,२०७५

-माधव प्रसाद गर्तौला

१५ असोज २०७५ काठमाण्डौ l 

 

एउटा प्रसिद्द वक्ताले आफ्नो बगलीबाट सय रुपैयाँको नोट निकाली सभागारमा दुईसय मानिसहरुसंग सोधे- कसले यस सय रुपैयाँको नोट लिन चाहन्छ” ?

सभागारमा उपस्थित सबैजनाले एकैस्वरमा भने- “म लिन्छु” !

 

वक्ताले भने- “यो नोट म तपाईंंलाई अवश्य नै दिनेछु तर यसभन्दा पहिले म यसलाई.....” यसो भन्दै उनले नोटलाई आफ्नो मुट्ठीमा धेरै जोडले कसेर कच्याक्कुचुक्क पारे l

 

उनले फेरी सोधे- “अबपनि कसैलाई यो नोट चाहिन्छ” ?

अहिलेपनि सबैजनाले एकैस्वरमा भने- “मलाई चाहिन्छ” l

 

“ठीक छ” ! वक्ताले भने- र यदि यस नोटलाई म यसो गरुं भन्दै उनले नोटलाई जमीनमा फालेर उसलाई आफ्नो जुत्ताले कुल्चिए l उनले जुत्ताले कुल्चिएको, कच्याक्कुचुक्क परेको नोटलाई उठाउँदै फेरी सोधे- “के अबपनि यसलाई कसैले लिन चाहन्छ” ?

 

अझैपनि सबै मानिसहरु यसलाई लिन तयार थिए l

 

“साथीहरु”...! वक्ताले भने- “तपाईंंहरु सबैले आज एउटा बहुमूल्य पाठ सिक्नुभयो l यस नोटसंग मैले यति धेरै दुर्व्यवहार गरें तरपनि यहाँ उपस्थित सबैजनाले यसलाई लिन चाहानुहुन्छ किनकि यसको मूल्य कम भएको छैन l यो अझैपनि सय रुपैयाँकै नोट छ” l

 

हाम्रो जीवनमा हामीलाई कयौं पटक खसालिन्छ, पददलित, अपमानित गरिन्छ तर यसले हाम्रो मूल्य, हाम्रो महत्व कम हुँदैन l यसलाई संधैभरी स्मरण राख्नुहोस्......!

 

यो पनि पढ्नुहोस्- ‘चारवटी श्रीमती’ लघुकथा !