के रावणका दस शिर थिए ? आउनुहोस् जानौं !

आश्विन १५,२०७५

-

१४ असोज २०७५ काठमाण्डौ l 
 
 
 
साँच्चै भन्ने हो भने कसैको तीन, चार वा दस शिर हुनु भनेको आफैँमा एक रहस्यमय कुरा हो । भगवान दत्तात्रेयका तीन, ब्रह्माजीका चार र रावणका दस शिर थिए । 'रावण' दुनियाँमा यस नामको अर्को कुनै व्यक्ति छैन । राम त धेरै पाइन्छन् तर रावण एक मात्र भेटिन्छ । रावण त केवल रावण हो । राजाधिराज लंकाधिपति महाराज रावणलार्इ ‘दशानन’ पनि भनिन्छ । भनिन्छ रावण लंकाको तमिल राजा थियो ।
 
जैन शास्त्रहरूमा रावणलार्इ प्रति‍-नारायण मानिएको छ । जैन धर्मका चौंसट्ठी शलाका पुरुषहरूमा रावणको गिन्ती गरिन्छ । जैन पुराणहरूका अनुसार महापण्डित रावण आगामी चौबीसौं तीर्थंकरको सूचीमा भगवान महावीर जस्तै चौबिसौं तीर्थंकरका रूपमा मान्य हुनेछन् । त्यसैले केही प्रसिद्ध प्राचीन जैन तीर्थस्थलहरूमा उनका मूर्तिहरू पनि भेटिन्छन् ।
 
के रावणका दस शिर थिए ?  के यो साँच्चै हो त ? केही विद्वानहरू के मान्छन् भने रावणका दस वटा शिर थिएनन् किन्तु उसले दस शिर भएको भ्रम पैदा गरिदिन्थ्यो । त्यसै कारण मानिसहहरू उसलार्इ दशानन भन्दथे । केही विद्वानहरूका अनुसार रावण छ दर्शन र चारै वेदको ज्ञाता थियो । त्यसैले उसलार्इ दसकंठी पनि भन्ने गरिन्थ्यो । दसकंठी भनिएको कारण प्रचलनमा उसका दस शिर मान्न थालियो ।
 
जैन शास्त्रहरूमा के उल्लेख गरिएको छ भने रावणको घाँटीमा ठूला-ठूला गोलाकार नौ मणिहरू हुन्थे । उक्त नौ मणिहरूमा उसको शिर देखिन्थ्यो जसको कारण उसको दस शिर भएको भ्रम हुन्थ्यो । यद्यपि धेरैजसो विद्वान र पुराणहरूका अनुसार त सत्य के हो भने रावण एक मायावी व्यक्ति थियो, जो आफ्नो मायाद्वारा दस शिर भएको भ्रम पैदा गर्न सक्थ्यो । उसको मायावी शक्ति र जादूका चर्चा जगप्रसिद्ध थिए ।
 
रावणका दस शिर भएको चर्चा रामचरित मानसमा आउँछ । रावण कृष्ण पक्षको अमावस्याको दिन रामसँग युद्धका लागि गएको थियो l र एक-एक दिन क्रमशः एक-एक शिर कट्थे । यस्ता हिसाबले दसौं दिन अर्थात शुक्ल पक्षको दशमीमा रावणको वध भयो । त्यसैले दशमीको दिन रावण दहन गरिन्छ ।
 
रामचरित मानसमा वर्णन भए अनुसार रावणको जुन शिरलार्इ राम आफ्ना बाणले काटिदिन्थे पुनः त्यस शिरको स्थानमा अर्को शिर पलाउँथ्यो । यहाँ विचारणीय कुरा के छ भने के एक अंग काटिसकेपछि त्यहाँ पुनः नयाँ अंग उत्पन्न हुन सक्छ तरु वस्तुतः रावणका यी शिर कृत्रिम थिए आसुरी मायाबाट बनेका ।
 
मारीच चाँदीको बिन्दुहरूले युक्त स्वर्ण मृग बन्नु, रावणले सीताको सामुन्ने रामको काटिएको शिर राख्नु आदिबाट के सिद्ध हुन्छ भने राक्षस मायावी थिए । उनीहरू अनेक प्रकारका इन्द्रजाल (जादू) जान्दथे। त्यसैले रावणका दस शिर र बीस हातहरूलार्इ पनि मायावी वा कृत्रिम मान्न सकिन्छ ।