Trending :
 

सुर्यमणि र राजकुमारको दोहोरी गीत ‘ए है काली’ बजारमा

आश्विन १५,२०७५

-

लोक गायकद्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् । 
 
मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ ।
 
गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ ।
 
संकलन, लय सुर्यमणि आचार्य कै रहेको छ भने गीतमा भिमसेन खतिवडा र राज कुमार हुमागाईको शब्द रहेको छ ।
 
मिलन श्रेष्ठको निर्देशनमा तयार गरिएको उक्त म्युुजिक भिडयोमा सञ्जिब ठकुरी र रिना थापाको विशेष अभिनय रहेको छ ।
गायक आचार्य भन्छन्, काठ क्षेत्रको मौलिकपन जोगाउनका निम्ति कलाकार एवं सर्जकले आफुलाई अनुशासित एवं सभ्य ढंगबाट प्रस्तुत गरिनुपर्छ भन्ने मुल मान्यतालाई आत्मबोध गर्दै ‘ए है काली’ बजारमा ल्याएका छौँ । 
२०६० सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका आचार्यले ५ दर्ज भन्दा बढि नेपाली लोक दोहोरी गीतमा आफ्नो आवाज दिई सकेका छन् ।
‘ए है काली’ गीत एवं भिडियो लिंकः 
https://www.youtube.com/watch?v=pluB7WmKvUY