‘बुद्धिमान बालक’ लघुकथा !

आश्विन १६,२०७५

-माधव प्रसाद गर्तौला

१६ असोज २०७५ काठमाण्डौ l 

 

कुनै शहरमा बस्नेवाला एउटा धनि व्यक्ति तीर्थयात्रामा जांदै थियो l उसले शहरको सबै मानिसहरुलाई यात्राको पूर्वरात्री भोजनको लागि आमंत्रित गर्यो l सैकडौं मानिसहरु भोजनको लागि आए l उपस्थित अतिथिहरुलाई माछा एवं बाख्राको पाठा-पाठीका मासु पस्किइयो l रात्रीभोजको समाप्तिमा धनि व्यक्ति त्यहाँ उपस्थित सबै मानिसरुलाई विदाई भाषण दिनको लागि खड़ा भयो l अन्य कुराहरुको साथ-साथ उसले यो पनि भन्यो- “परमात्मा कति कृपालु छ कि उसले मानिसरुलाई खानको लागि स्वादिष्ट माछा एवं पशुहरुलाई जन्म दिएको छ” l सबै उपस्थित व्यक्तिहरुले धनि व्यक्तिको कुरामा समर्थन गरे l

 

त्यस भोजमा एउटा बार्ह वर्षको बालक पनि थियो l उसले भन्यो- “तपाईंं गलत भन्दै हुनुहुन्छ” l बालकको कुरा सुनी धनि मान्छे आश्चर्यचकित भयो l उसले भन्यो- “तिमी के भन्न चाहन्छौ” ?

 

बालकले भन्यो- “माछा, पाठा-पाठी एवं पृथ्वीमा रहेका अन्य सबै जीवजंतु मनुष्यसरह नै उत्पन्न हुन्छन् र मनुष्यसरह नै उनको मृत्यु पनि हुन्छ l कुनैपनि प्राणी कुनै अन्य प्राणीभन्दा अधिक श्रेष्ठ र महत्वपूर्ण हुँदैनन् l सबै प्राणीहरुमा यही एक अंतर छ कि अधिक शक्तिशाली र बुद्धिमान प्राणी आफुभन्दा कम शक्तिशाली र बुद्धिमान प्राणीहरुलाई खान सक्छन् l

 

यो भन्नु ग़लत हो कि ईश्वरले माछा एवं पाठा-पाठीहरुलाई हाम्रो लाभको लागि बनाएको हो, सत्य यतिमात्रै हो कि हामी यतिधेरै शक्तिशाली र चलाख छौं कि उनिहरुलाई आफ्नो अधीन गरी मार्नसक्छौं l लामखुट्टे र जुम्राहरुले हाम्रो रगत चुस्छन् तथा चितुवा र बाघले हाम्रो शिकार गर्न सक्छन् तब के ईश्वरले हामीलाई उनिहरुको लाभको लागि बनाएको हो” ?

 

यो पनि पढ्नुहोस्- ‘हाम्रो मूल्य’ लघुकथा !