Trending :
 

आर्थिक प्रसङ्ग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा श्री एयरलाइन्स विरुद्व उजुरी

बैशाख २७,२०७४

-

२७,वैशाख,काठमाडौँ-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नीजि क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्स विरुद्व उजुरी परेको छ ।

एयरलाइन्सले नियम विपरित एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) लिएको, पाइलटलाई तालिममा विदेश पठाएको, विदेशी मुद्रा अपचलन गरेकोलगायतको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा बैशाख २० गते उजुरी परेको हो ।

एयरलाइन्सले गरेको मनपरी खुलासा भएसँगै नेपाल नागरिक उड्ययन प्राधिकरणले २०७३ फागुन ११ गते तालिममा पठाइएका पाइलटबारे जानकारी माग गरेपनि जवाफ पठाउन अटेरी गरेको थियो ।

त्यसैगरी पाइलटलाई विदेश तालिममा पठाउँदा पनि कसरी विदेशी मुद्राको व्यवस्थापन भयो भन्नेमा पनि छानबिन गर्न उजुरीमार्फत माग गरिएको छ ।