गणेश पूजनको वैज्ञानिक रहस्य

आश्विन १६,२०७५

-

 १६ असोज २०७५ काठमाण्डौ l 
 
 
 
हिन्दु संस्कारमा भगवान् गणेशको आराधना नगरी कुनै पनि शुभ कार्य शुरु नगर्ने प्रचलन छ । हात्तीको सुँढ भएका, ठूलो भुँडी भएका अनि मुसामा चढ्ने भगवानलाई हामीले किन पूजा गरेका हौं भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो ।
 
गणेश पुराणको अध्ययन गर्दा भगवानको दार्शनिक चित्रणका पछाडि लुकेको वैज्ञानिक तथ्य उजागर हुन्छ । गणेशजीको मूर्तिमा वैश्वानर (स्थान) र स्वपिति (समय) को चित्रण छ ।
 
 
भौतिकविज्ञानको रिलेटिभिटी सिद्धान्तले स्थान (स्पेस) र समय (टाइम) गुरुत्वाकर्षणका कारण बांगिएको हुन्छ भन्छ । स्पेस बांगिएको सुँढसहितको विशाल जनावर जस्तो देखिन्छ र गणेश भगवानको स्वरूपसँग मेल खान्छ ।
 
समय वा कालले सबै कुरालाई खाइदिन्छ जसरी गणेशजीको वाहन मुसोले भेटेको कुरो खाइदिन्छ । जसरी स्थान कालको वाहन चढ्छ त्यसैगरी भगवान गणेश पनि मुसाको सवारी गर्नुहुन्छ ।
 
गणेशजीलाई चढाइने गोल लड्डुहरूले ऊर्जाको चक्राकार रूपलाई प्रतिनिधित्व गर्छन् र यो विशाल ब्रह्माण्डका अनगन्ती तारा र ग्रहको समेत प्रतीक बन्छन् ।
 
भगवान् गणेश र उहाँको वाहनले स्थान र समयलाई संकेत गर्नुहुन्छ जसबाट यस ब्रह्माण्डको प्रत्येक ऊर्जाका कणलाई पुष्टि मिल्दछ ।