Trending :
 

अश्वत्थामा अहिलेपनि जीवितै, मानिसहरूले भेटे !

आश्विन १६,२०७५

-

१६ असोज २०७५ काठमाण्डौ l 
 
 
यदि तपाईंले महाभारत पढ्नु वा फिल्मका रुपमा हेर्नु भएको छ भने तपाईलाई अश्वत्थामा बारेमा जानकारी छ होला ? वीर योद्धा अश्वत्थामा गुरु द्रोणाचार्यका छोरा थिए ।
 
द्रोणाचार्यले कयौं वर्षसम्म भगवान शिवलाई मनाउनका लागि तपस्या गरेका थिए । त्यसपछि अश्वत्थामा जस्ता बहादुर पुत्रको जन्म भएको महाभारतमा उल्लेख गरिएको छ । अश्वत्थामाको निधारमा एक चमात्कारिक मणि थियो । जसका कारण उनलाई भोक, तिर्खा या थकानले सताउँदैन थियो । कुरुक्षेत्रको युद्धमा यी महारथी कौरवको तर्फबाट युद्ध लडेका थिए र कर्णपछि अश्वत्थामाले नै कौरवको तर्फबाट सबैभन्दा धेरै योद्धाको वध गरेका थिए । 
 
 
अश्वत्थामाका बारेमा भन्ने गरिन्छ कि उनी आज पनि जिँउदै छन् । अश्वत्थामा अहिले –कलियुगमा पनि जिउँदै हुनुको पछाडि एक कथा जोडिए थियो । 
 
यो कथा उनको अमरता वा महानताको भने होइन । भगवान कृष्णको श्रापका कारण यस्तो भएको हो । जसका कारण केही मानिसले अश्वत्थामालाई जिवित देखेको बताउँदा धर्मशास्त्रमा विश्वास गर्नेहरुले पत्याउने गरेका छन् । के वास्तवमा नै वीर योद्धा अश्वत्थामा जीवित छन् ? भगवान कृष्णको श्राप थाहा पाउनुभयो भने तपाईंंलाई पनि यस्तै लाग्नेछ ।
 
 
यस्तो थियो श्राप
 
 
पाण्डवहरुले धोका दिएर पिता द्रोणाचार्यको हत्या गरेपछि अश्वत्थामा निकै रिसाए । उनले रिसमा कयौं पाण्डव सैनिकको हत्या गरे । तर फेरि पनि दुर्योधन तथा कौरवको हार भयो । दुर्योधनको हारपछि अश्वत्थामाले पाण्डवलाई मार्ने प्रतिज्ञा लिए । उनी औंंशीको रातमा पाण्डवको शिविरमा पाण्डवहरुलाई मार्नका लागि गए । त्यहाँ उनले सुतिरहेका पाँच पाण्डव सम्झेर पाण्डवका पुत्रहरुको हत्या गरे । द्रोपदीका पाँच पुत्रको हत्या गरेर उनी गए ।
 
 
विहान जब पाँच पाण्डवले रातिको घटना बारे जानकारी पाए तब उनीहरु आक्रोशित भए । त्यसपछि उनीहरु अश्वत्थामाको वध गर्न उनको खोजीमा गए । अश्वत्थामासँग अर्जुनको भेट भयो । उनीहरु युद्धमा उत्रिए । दुबै धनुर्धरबीच युद्ध हुन लाग्दा पृथ्वी पनि काँपेको थियो । एक अर्काबीच उनीहरुले ब्रम्हास्त्र प्रहार गरे । तर यो विनाशकारी हुने भएपछि ऋषिहरुले ब्रम्हास्त्र फिर्ता लिन दुबै धनुर्धरलाई आग्रह गरे । अर्जुनले आफ्नो अस्त्र फिर्ता लिए ।
 
 
तर अश्वत्थामालाई भने ब्रम्हास्त्र फिर्ता लिन आउँदैन थियो । उनले कुनै एक लक्ष्यमा मात्र केन्द्रित गर्न सक्थे । बदलाको भावनाबाट ग्रसित अश्वत्थामाले यस विध्वंसक अस्त्रको निशाना अर्जुनको छोरा अभिमन्युकी गर्भवती पत्नी उत्तराको गर्भमा लगाए । जुन गर्भबाट परीक्षितको जन्म हुन लागेको थियो । (अश्वत्थामाको वाणका कारण मृत्यु भएका परीक्षितलाई पछि भगवान श्रीकृष्णले आफ्नो शक्तिले जिवित गराएका थिए) l 
 
 
अश्वत्थामाको यस्तो कार्यबाट रिसाएका कृष्णले उनलाई श्राप दिए  । हजारौं हजार वर्षसम्म अश्वत्थामा रोगले ग्रस्त भएर घुम्नेछन् । त्यस समय अश्वत्थामाको सहायता कसैले गर्ने छैन । यसका साथ अश्वत्थामाको शिरमा रहेको मणिपनि निकालियो  । जसका कारण उनको निधारमा मणि निकालिएको स्थानमा घाउ बन्यो । जहाँबाट निरन्तर पिप र रगत बगिरहने श्राप उनले पाए । 
 
 
अश्वत्थामालाई मानिसहरुले भेटे !
 
 
आमरूपमा चिकित्सा वा विज्ञानले यसलाई अस्विकार गर्छ कि हजारौं वर्षसम्म कोही जिवित रहनेछ भन्ने कुरा । तर भारत मध्यप्रदेशका एक डाक्टरका अनुसार उनीसँग एक यस्तै विरामी आएका थिए । जसको निधारमा एक गहिरो घाउ थियो र धेरै पटक औषधि लगाउँदा पनि घाउ निको भएको थिए । उनको घाउ निकै पूरानो देखिएको थियो । डाक्टरले उसलाई सोधे,‘के तिमी अश्वत्थामा हो र ?’ यति भन्दै औषधि लगाउनका लागि डाक्टर अर्को तर्फ फर्किए । औषधि कपासमा चोपेर लगाउन खोज्दा ती व्यक्ति त्यहाँबाट हराएका थिए । 
 
 
पाइलट बाबासमेत केही अन्य योगीले पनि अश्वत्थामासँग भेटेको दाबी गरेका छन् । अश्वत्थामा हिमालयको भागका केही जनजातीसँग बसिरहेको र हरेक विहान उनी शिवलिंगमा जल चढाउन जाने गरेका उनीहरुको दाबी छ । केही स्थानीयका अनुसार निधारको मध्यभागमा ठूलो घाउ भएको अग्लो मानिस एक पटक हिमाली क्षेत्रमा देखिएका थिए । 
 
 
यस्तै भारतको खांडव वनमा गुप्तेश्वर महादेवको मन्दिर रहेको छ । यो मन्दिरमा खंडवा जिल्लामा रहेको वनको बाटो हुँदै अश्वत्थामा मन्दिरमा आउँछन् । उक्त मन्दिर पहिला देखिनै बन्द छ । कोही मानिस त्यहाँ जाँदैनन् । तर उक्त मन्दिरमा केही सयम अघि गरिएको अनुसन्धान र खोज पछि मन्दिरमा नियमित रूपमा कसैले पूजा गर्ने गरेको तथ्य फेला पर्यो । बन्द रहने मन्दीरमा हरेक दिन जल र फूल अर्पण हुने गरेको तथ्य फेला परेको छ । जहाँ जान जो कोही पनि डराउने गरेको छ ।
 
 
उक्त मन्दिरको इतिहास महाभारतसँग जोडिएको र मन्दिरमा सुरुङहरु भएपनि निस्कने मुख भने देखिएको छैन । मानिसहरु सुरुङ भित्र पस्न डराउँछन् । उक्त सुरुङ भएर अश्वत्थामा दैनिक शिवलिंगमा गुलावको फूल चढाउन आउँने विश्वास गरिन्छ ।
 
 
मानिसहरुका अनुसार आज पनि नर्मदा नदीको तटमा रातको समयमा अश्वत्थामा घुम्छन् र मानिसहरुलाई बाटो पनि देखाउँछन् । यसका अलावा गुजरात, महाराष्ट्र, गौरीघाट र मंडलाको जंगल, असीरगवढको किल्ला जस्तो कयौं स्थानमा अश्वत्थामाको उपस्थितिको दाबी गरिने गरिएको छ । तर अश्वत्थामा जिउँदै रहेको स्पष्ट आधार भने फेला परेको छैन । मानिसहरुको भनाईलाई स्वीकार गर्नुभन्दा अर्को विकल्प छैन । 
 
महाभारत युद्ध
 
महाभारत महर्षि वेद व्यासले लेखेका थिए । महाभारतको युद्ध कुरुक्षेत्रमा कहिले भएको थियो भन्ने विषयमा इतिहासकारमा मतभेद रहेको छ । भारतीय परम्परा, महाभारत तथा पौराणिक साहित्य अनुसार यो पाँच हजार वर्ष पहिला भएको थियो । युद्धको समय ३१३७ इसा पूर्व भएको कतिपयको मत छ भने केही इतिहासकारले ज्योतिषीय प्रमाणका आधारमा युद्धको सयम २४४९ इसापूर्व भएको बताएका छन् ।